हावाहुरीका कारण फेवातालमा अलपत्र परेका तीन जनाको एपीएफ टोलीद्वारा सकुशल उद्वार



कास्की ।
कास्की जिल्लाको पोखरा महानगरापालिका ६ लेकसाईड स्थित फेवातालमा एक्कासी आएको हावाहुरीको कारण सो तालमा बोटिङ्ग गरिरहेको एक डुंगामा पानी पस्न गई अलपत्र परेका तीन जनाको एपीएफ टोलीले बैशाख ०५ गते सकुशल उद्वार गरेको छ ।

सो घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कास्की नम्बर २४ गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्वार गरेको हो ।
एक्कासी आएको हावाहुरीको कारण अलपत्र परेका सप्तरी जिल्लाको राजविराज वस्ने ४० वर्षिय बोलबम चौरसीया, २८ वर्षिय पुन्दन रसीय र १२ वर्षिय भाष चौरसीयालाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले तत्कालै उद्वार गरी सो तालबाट बाहिर निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्