इन्डोनेसियाली चुनावमा राष्ट्रपति विदोदोको संभावना बढी



 

जाकार्ता,(एजेन्सी)
इन्डोनेसियाका राष्ट्रपति जाको विदोदोले राष्ट्रपतिय चुनावको मतदान कार्य समाप्त भएके केहि समयपछि नै निस्केको अनौपचारिक परिणाम अनुसार विजय हात पार्ने संभावना बढि देखिएको बुधवार सरकारी अधिकारीहरुले बताएका छन् ।

प्रारमिभक केहि चुनावी नतिजा अनुसार विदोदोले आफ्ना निकतटम प्रतिद्वन्द्वी पुवै सैनिक जनरल प्रावोओ सुविआन्तोको तुलनामा करिव दस प्रतिशतले मत अग्रता रहेको बताइएको छ । तर निर्वाचन आयोगका अनुसार औपचारिक परिणाम मे महिनामा मात्र आउने अनुमान छ ।

विगतमा हतारहतारमा मतगनणा गर्दा धेरै गल्ती र त्रुटीहरु भएको प्रमाणहरु छन् । मुश्लिम समुदायको बाुहल्य रहेको इन्डोनेसियाले बुधवार विश्वकै सबैभन्दा ठूलो एकदिने चुनावको आयोजना गरेको हो । राष्ट्रपति लगायत २० हजार जना स्थानिय र राष्ट्रिय विधायक छनौटका लागि भएको यस चुनावमा १९ करोड २० लाख भन्दा बढि वैधानिक मतदाता रहेका छन् ।

राष्ट्रपतिय दौड सन् २०१४ को विदोदो र प्रावाओबिचको प्रतिस्पर्धाको रि –म्याच हो । कोमपास नामक समुहद्वारा गरेको विविसिको मत सर्भेक्षण अनुसार हाल सम्म गनणा भइसकेको नमुना मतको आधारमा विदोदोले ५४ र उनका प्रतिस्पर्धिले ४५ प्रतिशत मत प्राप्त गरेका छन् ।

अन्य निजी स्तरमा गरिएका मत सर्भेक्ष्णले पनि यस्तै परिणाम प्रकासित गरेका छन् । तर प्रावाओले भने आफ्नो टोलिले अहिले सम्म पचास प्रतिशत भन्दा मत प्राप्त गरेको पत्रकारहरुलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्