पाल्तु हरिणले मालिक मा-यो



सिडनी,(एजेन्सी)
घरैमा पालिएको एउटा हरिणको आक्रमणमा एकजना पुरुषको ज्यान गएको तथा उनकी पत्नी सिकिस्त घाइते भएको प्रहरीले बुधवार जनाएको छ । प्रहरीले यो अनौठो र दुर्लभ घटना भएको जनाएको छ ।
बिहान भिक्टोरिया स्थित आफ्नै घरमा हरिणलाई खाना ख्वाउँदै गर्दा ति ४७ वर्षिय नाम नखुलाइएका व्यक्तिलाई त्यसले सिंगबाट सााघातिक आक्रमण गरेको थियो ।

स्थानिय संचार माध्यमले पतिलाई बचाउने क्रममा सख्त घाइते भएकी महिलालाई हवाइ मार्गबाट उपचारका लागि अस्पताल पु¥याइएको जनाएको छ । सन् २००० देखि २०१३ बिच जनावरहरुको आक्रमणमा ज्यान गएका सम्पूर्ण घटनामाथि हालै गरिएको एक अध्ययनमा कसैलाई पनि हरिणले कमला गरेको पाइएको छैन ।

प्रहरीले मेलवर्न देखि करिव २ सय ५० किमि उत्तर पुर्वमा पर्ने वान्गाराक्ता स्थित घटनास्थलमा लठिने गोली हानेर हरिणलाई नियन्त्रणमा लिइएको बताएको छ । ति घाइते मलिालाई उनकै किशोर छोराले हरिणको खोरबाट उद्धार गरेका थिए । यस परिवारले विगत छ वर्ष देखि हरिणलाई पाल्दै आएको थियो । गत वर्ष सरकारले जंगली हिरणलाई सडक दुर्घटना र अन्य भौतिक पुर्वाधार क्षतिका लागि जिम्मेवार ठहराएर एक प्रतिवेदन सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्