यूनाइटेड सिमेन्ट्सको विशेष ग्राहक योजना



काठमाडौं, (नेस)
नया“ वर्षको उपलक्ष्यमा यूनाइटेड सिमेन्ट्सले ‘यूनाइटेड सिमेन्ट्सको उपहार सररर… कार’ नामक योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत हरेक २५ बोरा यूनाइटेड सिमेन्ट्सको खरिदमा ग्राहकले एउटा स्क्र्याच कुपन प्राप्त गर्न सक्नेछन् । कुपन स्क्र्याच गरेर ग्राहकले कम्तीमा पनि ५ ग्राम चा“दी प्राप्त गर्नुका साथ अन्य १० देखि ५० ग्राम चा“दी तथा १ ग्राम देखि १ तोला सुन जित्ने मौका पाउने छन् ।

कुपन स्क्र्याच गर्दा ५ ग्राम चा“दी परेमा खरिद गरेको पसलबाट तुरुन्तै प्राप्त गर्न सकिने प्रावधान रहेको छ । यसका साथै योजनाको अन्त्यमा हुने बम्पर लक्की ड्रबाट ५ जोडीले दुबई भ्रमण र १ जना भाग्यशाली विजेताले हुन्डाई स्यान्ट्रो कार पनि जित्न सक्नेछन् ।

ललितपुरको लेलेस्थित आफ्नै चुनढुंगा खानीबाट चुनढुंगा उत्खनन् गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएको यूनाइटेड सिमेन्ट्सको फ्याक्ट्री धादिङको नौबिसेमा रहेको छ । उपत्यकाबाट यति नजिक विशाल फ्याक्ट्री रहेको यूनाइटेड सिमेन्ट्सले गुणस्तरीय सिमेन्ट उत्पादन गरी बजारमा राम्रो पकड जमाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्