मलेसियाबाट मेगा रेमिट सेवा



 

काठमाडौं, (नेस) मेगा बैंक नेपाल र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ ।

मलेसियाबाट छिटो, छरितो र सहज रुपमा नेपालमा रेमिट्यान्स भित्र्याउन मेगा बैंकले प्लासिड एक्सप्रेसस“ग सम्झौता गरेको हो ।
यो सम्झौतापछि मलेसियामा कार्यरत नेपाली श्रमिकहरु थप लाभान्वित हुने मेगा बैंकको विश्वास छ ।

मलेसियाका साथै प्लासिड एक्सप्रेसमार्फत अमेरिका, बेलायत र इटालीबाट पनि नेपालमा रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ । ‘मेगा रेमिट’को सञ्जाललाई विश्वका विभिन्न देशमा विस्तार गर्ने क्रममा यसअघि मेगा बैंकले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, कुवेत, यूएई, भारतलगायतका देशमा रेमिट्यान्स सेवा विस्तार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्