हिमालयन ट्राभल मार्ट हुँदै



काठमाडौं, (नेस)
हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण शुरु हुने भएको छ । नेपाललाई विश्वसामु हिमालय प्रवेश द्वारको साहसिक पर्यटनको केन्द्र तथा सबल पर्यटनमैत्री गन्तब्यको रुपमा स्थापित गर्ने उद्देश्यका साथ मार्टको आयोजना गरिने भएको हो ।

मार्ट आगामी जुन ६ देखि ९ तारिखसम्म राजधानीमा आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रिय एवम् पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको सहयोग, समन्वय तथा सहकार्यमा पाटा नेपाल च्याप्टरद्वारा सन् २०१७ देखि वार्षिक रुपमा मार्टको आयोजनाको गरि“दै आएको छ ।

सोही क्रममा सन् २०१९ को जुनमा मार्टको आयोजना गर्न लागिएको हो । मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेला हो ।

हिमालयन ट्राभल मार्टको पहिलो यसअघि सम्पन्न भएका दुई संस्करणको सफल आयोजनले नेपाली पर्यटन क्षेत्रको प्रचार–प्रसार तथा प्रवद्र्धनमा नया“ आयाम सिर्जना भएको छ । जसले नेपाली पर्यटन क्षेत्रकै शीर उच्च पार्नुका साथै विश्व बजारमा नेपालको शसक्त उपस्थिति दायर गराएको च्याप्टरको दाबी छ । देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हिमालयन ट्राभल मार्ट एउटा विशेष लोकप्रिय बी–टु–बी कार्यक्रम बन्दै गएको छ ।

यसअघि सन् २०१७ सालमा ५३ देशबाट २ सय २५ विदेशी प्रतिनिधि सहभागी भएका थिए भने सन् २०१८ मा सम्पन्न भएको मेलामा ३६ वटा विभिन्न देशवाट १ सय ७० भन्दा बढी विदेशी प्रतिनिधिको सहभागिता रहेको थियो ।

नेपाल, भारत, पाकिस्थान, चीन, भुटान र म्यानमार जस्ता हिमालयन राष्ट्रबाट बिक्रेता तथा युरोप, अमेरिका (उत्तर–दक्षिण), अष्टे«लिया, न्यूजिल्याड, एसिया, सिआईएस राष्ट्रहरु, एसिया र अरब राष्ट्रका क्रेतालाई एउटा मञ्चमा भेला गराई व्यापार आदान–प्रदान तथा सम्बन्ध सञ्जाल विस्तारको उद्देश्यले च्याप्टरद्वारा यस बिजनेस–टु–विजनेस मार्टको आयोजना गरि“दै आएको छ । मार्टको आगामी संस्करणहरुलाई अझ सशक्त, प्रभावकारी एवम् फलदायी बनाइने च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुढाल बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्