८औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आज राष्ट्रपतिबाट उदघाटन



काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन गर्दैहुनुहन्छ । नेपालगञ्ज रङ्गशालामा आज अपरान्ह राष्ट्रिय खेलकुद प्रतियोगिताको राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको हो ।

प्रतियोगिताको उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिनुभयो । राष्ट्रिय खेलकुदमा ७ प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा एनआरएन गरी ११ टोलीका खेलाडीबीच प्रतिस्पर्धा भैरहेको छ । प्रतियोगितामा पाँच हजार २११ खेलाडीसहित प्रशिक्षक, व्यवस्थापक, अफिसियसल, रेफ्री सङ्घ प्रतिनिधि गरी ११ हजारको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन बिहीबार भए पनि चैत २७ गतेदेखि नै खेलहरु सुरु भैरहेका छन् । बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र केही खेल काठमाण्डौ, ललितपुर र पोखरामा पनि भैरहेका छन् । ओलम्पिक टर्च लाइट बिहीबार बेलुकी नेपालगञ्ज रंगशाला पुग्नेछ ।

वैशाख ११ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न ३५ खेल समावेश गरिएको छ। देशका सात प्रदेश, तीन विभागीय टोली आर्मी, पुलिस र सशस्त्र तथा गैरआवासीय नेपालीको एक गरी कुल ११ टोलीका पाँच हजार दुई सय ११ खेलाडीले आठौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा तीन सय ७२ स्वर्ण पदक, त्यती नै संख्यामा रजत पदक तथा पाँच सय ६३ कास्य पदकका लागि भइरहेका छन्।

औपचारिक उद्घाटनभन्दा अगावै भएका खेलको आठौँ दिनको खेल सकिँदा ८८ स्वर्णको टुंगो लागेको छ। अहिले सम्मा आर्मी २६ स्वर्णका साथ सबैभन्दा अघि छ। आर्मीले २३ रजत र १९ कास्य पदक जितेको छ। नेपाल पुलिसले १७ स्वर्ण, १४ रजत र १६ कास्य, एपीएफले १२ स्वर्ण, ११ रजत र २० कास्य जितेको छ। आठौँ दिनमा प्रदेश ३ चौथो स्थानमा उक्लेको छ। उसले सात स्वर्ण ११ रजत र २९ कास्य जितेको छ।

गण्डकी प्रदेश ६ स्वर्ण, ६ रजत र १६ कास्य सहित पाँचौ स्थानमा छ। सुदुरपश्चिम प्रदेशले ६ स्वर्ण, पाँच रजत र ११ कास्य, प्रदेश २ ले ६ स्वर्ण ६ रजत र चार कास्य, प्रदेश ५ ले चार स्वर्ण, सात रजत र १५ कास्य, प्रदेश १ ले तीन स्वर्ण चार रजत र २२, एनआरएनएले एक स्वर्ण र दुई कास्य जितेका छन्। कर्णाली प्रदेशले दुई कास्य सहित तालिकाको पुछारमा छ ।

व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामुहिकतर्फको विजेताले सात हजार रुपैयाँ पुरस्कार पाउनेछन्। खेल बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रूपन्देही, कास्की, ललितपुर र काठमाडौं गरी आठ जिल्लामा हुनेछ। स्क्वास, टेबल टेनिस, लनटेनिस, कुस्ती र हक्कीका खेलका प्रतियोगिताहरु उद्घाटन समारोह अघि नै सुरु भएका छन्।

प्रतिक्रिया दिनुहोस्