प्रधनमन्त्रीको स्वास्थ्यमा समस्या, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अचानक स्वास्थ्य समस्या भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । भेरी–बबई डाइभर्सन बहुउद्देशीय आयोजना उदघाटन गर्न सुर्खेत पुगेका ओलीलाई पेटमा समस्या देखिएपछि रातारात काठमाडौं ल्याइएको हो ।

ओलीलाई मंगलबार राति पेट दुःखेको थियो । त्यसपछि सहयोगीहरूले नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याएका हुन् । ओलीलाई चिकित्सकहरूले चेकजाँच गरेर औषधि चलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्