अजरबैजानमा पल र वर्षाको बाचा



मिलन चाम्स निर्देशित तथा निर्मित पछिल्लो फिल्म वीरविक्रम २ को दोस्रो गीत सार्वजनिक गरिएको छ।
आगामी जेठ ३ गते अल नेपाल रिलिज हुने फिल्मको बाचा नामक गीत मंगलबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो। गीतमा नायक नायिका पल शाह र वर्षा सिवाकोटीलाई फिचर्ड गरिएको छ। गीतमा स्वर ताराप्रकाश लिम्बु र दीपा लामाको रहेको छ भने शब्द सञ्चारकर्मी नरेश भट्टराई र संगीत ताराप्रकाश लिम्बुकै रहेको छ।

पूर्वी युरोपको अजरबैजानस्थित रमणीयस्थानको आकर्षक दृश्यमा छायांकन गरिएको गीतमा कोरियोग्राफी कविराज गहतराजको रहेको छ भने छायांकन निर्देशन सुदीप बराल र छायांकन नवराज उप्रेतीको रहेको छ।

कार्यक्रममा बोल्दै फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले विदेशमा फिल्म सुटिङ गर्नु निकै गाह्रो कुरा भए पनि आफ्नो सम्पूर्ण टिमको साथ र सहयोगका कारण काम सफल भएको बताए। ‘गीतलाई राम्रो बनाउन मेहनत गर्ने नायकनायिका पल र वर्षादेखि सबैको साथ पाए“। जसले गर्दा रिजल्ट पनि राम्रो आएको छ।’ –उनले भने। नायक पल शाहले गीतमा आफूलाई कोरियोग्राफर कविराज गहतराजले निकै सहयोग गरेको बताए। ‘कवि दाइ एक्टरको क्षमता बुझेर त्यहीअनुसारको काम गर्नुहुन्छ। त्यसैले पनि काम राम्रो भएको छ।

गीत मन पराउनुहुन्छ भन्ने विश्वास छु।’ –उनले भने। नायिका वर्षा सिवाकोटीले आफूलाई गीतको सुटिङका क्रममा युरोपको चिसो मौसमका कारण समस्या भए पनि गीत राम्रो भएकोमा खुसी लागेको बताइन्। ‘गीतको सुटिङको क्रममा चिसोको कारण निकै गाह्रो भएको थियो। कुनै कुनै बेला त मैले ओठ पनि खोल्न सकेकी थिइन“। मुस्ताङमा पनि सुटिङ गरियो। तर मुस्ताङभन्दा अजरबैजानमा धेरै चिसो थियो। कविराज दाइस“ग काम गर्दा सजिलो पनि भयो।’ –वर्षाले भनिन्।

कोरियोग्राफर कविराज गहतराजले सबैको मेहनतले गीत राम्रो बनेको चर्चा गरे। छायांकन निर्देशक सुदीप बरालले फिल्मको सुटिङका क्रममा मौसम र अन्य कारणले भएको समस्याका बाबजुद काम गरेको बताए। चाम्स इन्टरटेन्मेन्ट र लन्डन सिने आईको प्रस्तुतिमा निर्माणाधीन फिल्मका अन्य कलाकारमा नाजिर हुसेन, क्षितिज सुवेदी, बुद्धि तामाङ, देशभक्त खनाल, बेनिषा भण्डारी तथा बाल कलाकारहरूमा सौरभ शाह, सूर्यान्स खड्का र मनिष लिम्बु रहेका छन्।

फिल्मका गीतहरू राजनराज सिवाकोटी र मेमोरी लावतीले गाएका छन् भने संगीत रनजित गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको रहेको छ। फिल्मका सहनिर्माता अर्पण सापकोटा रहेका छन् भने कथा तथा पटकथा प्रदीप भारद्वाज, द्वन्द्व हिमाल केसी र सम्पादन बनिष शाहको रहेको छ।

प्रतिक्रिया दिनुहोस्