आँधीले २५ को मृत्यु



इस्लामाबाद (एजेन्सी)
पाकिस्तानको पन्जाब र सिंध प्रान्तमा आएको भिषण आँधीबेरी तथा बर्षाका कारण कम्तिमा २५ जनाको मृत्यु भएको र कयौं घाइते भएका छन् । पश्चिमी हावाका कारण आएको भिषण बर्षा तथा आँधीबेरीका कारण सोमबार देशको विभिन्न हिस्सामा रुख तथा विजुलीका खम्बा ढलेको र ठुलो क्षति पुर्याएको सन्चार माध्यमहरुले जनाएका छन् । पश्चिमी, मध्य तथा पुर्वी क्षेत्रमा विगत केही दिन देखि पटक पटक गरी बर्षा भइरहेको डन अखबारले जनाएको छ ।

केही इलाकामा भुस्खलन र वादीका कारण आवागमन भएको छ । पन्जाब प्रान्तमा आँधीका कारण कयौं घरहरु ढलेको र २ महिला सहित ९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्