हिरोको फेमिली स्कूटर डेस्टिनी १२५ नेपाली बजारमा



काठमाडौं, (नेस)
टू–ह्वीलर निर्माता हिरो मोटरकर्पले आईथ्रीएस प्रविधि सहितको फेमिली स्कूटर डेस्टिनी १२५ सार्वजनिक गरेको छ ।

डेस्टिनी १२५ को प्रस्तुतीले हिरो मोटरकर्पले नेपालमा आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउ“दै लैजाने कम्पनीले जनाएको छ ।

भारतमा बिक्री शुरु गरेको केही महिनामै नेपालमा समेत यस स्कुटरको बिक्री वितरण शुरु हुनुले नेपाली बजारलाई कम्पनीले दिएको उच्च प्राथमिकता स्पष्ट झल्किन्छ ।

हिरो मोटरकर्पको यसअघिका ३ वटा स्कूटरहरु– १०० सीसी प्लेजर, ११० सीसी माइस्ट्रो एज् र ११० सीसी डुयट्, स्कूटर सेगमेन्टमा बलियो उपस्थितिमा रहेका छन् । यसका अतिरिक्त डेस्टिनी १२५ समेत थपिनाले तीव्र गतिमा विस्तार भइरहेको १२५ सीसीको स्कूटर बजारमा समेत आफ्नो उपस्थिति जनाएको छ ।
डेस्टिनि १२५ को भ्याटसहितको मूल्य २ लाख ६ हजार रुपिया“ रहेको छ ।
नया“ डेस्टिनी १२५ मा हिरोको प्रविधिमा आधारित अत्यन्त क्षमतावान् (आइडल स्टार्ट–स्टप–सिस्टम) जडान गरिएको छ ।

स्कुटर सेगमेन्टमा पहिलोपटक डेस्टिनी १२५ मा माइलेजको लागि हिरोको आविष्कार आईथ्रीएस जडान गरेको छ । यसमा अझ थप विशेषताहरु – डिजिटल एनलग स्पिडोेमिटर , साइड स्ट्याण्ड इन्डिकेटर र सर्भिस ड्यू रिमाइण्डर पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्