बंगलादेश धागो आयात गर्न इच्छुक



काठमाडौं, (नेस)
नेपालका लागि बंगलादेशका राजदूत मासफी विन्टे शामले नेपाल–बंंगलादेशबीचको द्विपक्षीय आर्थिक एवं व्यापारिक सम्बन्ध विकासमा दुवै सरकारका तर्फबाट विभिन्न तहमा औपचारिक भेटघाट समय–समयमा भएको र नेपालको निकासी बंलादेशमा सहुलियतपूर्ण प्रवेशको लागि सहयोग गर्न सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो ।

दुवै देशबीच सुविधायुक्त व्यापार सम्झौता गर्ने सन्दर्भमा समेत दुवै मुलुक सकारात्मक रहेको र उक्त सम्झौताको मस्यौदा नेपाल सरकारमा समेत पेश भइसकेको हु“दा निकट भविष्यमा यो सम्झौतामा निर्णय हुने विश्वास व्यक्त गर्दै विशेष नेपालबाट बंगलादेशमा धागो आयात गर्न समेत आफू इच्छुक रहेको र यसको प्रक्रिया मिलाउन दूतावासको तर्फबाट पहल गर्ने धारणा व्यक्त गर्नुभयो ।

बंगलादेशका राजदूतलाई नेपाल उद्योग परिसंघमा स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल–बंगलादेश दुवै मुलुकले द्विपक्षीय, क्षेत्रीय एवं अन्तर्राष्ट्रियस्तरका व्यापार, पर्यटन र लगानी अभिवृद्धिमा ठोस योगदान दिन सक्ने बताउनुभयो । दुई मुलुक छिमेकी राष्ट्र हुन पनि यी मुलुकबीच अपेक्षीत मात्रामा व्यापार विस्तार हुन नसकेको बताउनुभयो । साथै नेपाल र बंगलादेशमा हुने मेला तथा प्रदर्शनीले दुवै मुलुकबीचको व्यापार प्रवद्र्धनमा योगदान पु¥याएको बताउ“दै यसमा अझ बढी जोड दिनुपर्ने बताउनुभयो । बंगलादेशले लघु वित्तमा पाएको सफलताबाट नेपालले धेरै कुरा सिक्नु पर्ने उहा“को भनाइ छ ।

बीबीआईएन, डब्लुटीओ, सार्क, बिमस्टेक जस्ता संगठनमा नेपाल र बंगलादेशको साझ मुद्दा भएको र फुलबारी–बंगलाबन्द मार्गको बढी प्रयोग भएमा नेपाली माल वस्तुको सहज र सरल पहुँच हुने अध्यक्ष मोरले बताउनुभयो ।सो भेटवार्तामा परिसंघका गभनिङ काउन्सिलका सदस्य, राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्