अभिनेत्री निरुता सिंहको यस्तो खबर आयो



काठमाडाैं । पछिल्लो समय चलचित्र क्याप्टेनको ‘कर्लि कपाल’ बोलको गितबाट चर्चामा आएकी अभिनेत्री निरुता सिंह एक महिना लामो उपचारपछि घर फर्केकी छन् । डेंगु भाइरलका कारण झन्डै एक महिना भारतको मुम्बइमा उपचार गराइरहेकी नायिका निरुता सिंह उपचारपछि घर फर्केकी हुन् ।अभिनेत्री निरुता सिंह केही दिनको आरामपछि नेपाल आउने बताइएको छ ।

अहिले मह सञ्चारले निर्माण गरेको चलचित्र ‘दालभात तरकारी’ टीम मोफसल यात्रामा दौडिएको छ ।अभिनेत्री निरुता सिंह फिल्म दाल भात तरकारी’ को प्रोमोसनका लागि नेपाल आउने भएकी हुन् । यस फिल्म यही वैशाखमा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्