असान्जले दूतावासलाई जासुसी केन्द्र बनाउन खोजेः मोरेनो



लन्डन, (एजेन्सी)
इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले जुलियन असान्जलाई शरण दिने आफ्नो फैसला उल्टाउने हालैको कदमको प्रतिरक्षा गर्दै विकिलिक्सका संस्थापकले इक्वेडरको लन्डनस्थित दँतावासमा जासुसी केन्द्र स्थापित गर्ने प्रयास गरेको आरोप लगाए।
गार्जियन अखबारलाई दिएको एक अन्तरवार्तामा राष्ट्रपतिले उक्त आरोप लगाएको हो। मोरेनोले भने– ‘यो दुर्भाग्यपँर्ण हो, हाम्रो क्षेत्रबाट पँर्वसरकारका अधिकारीहरूको अनुमतिमा इक्वेडर दँतावासमा अन्य देशको मामिलामा हस्तक्षेप गर्न सुविधा उपलब्ध गराइयो।
उनले भने– ‘हाम्रो घरको प्रयोग जासुसी केन्द्र बनाउनका लागि हुनै सक्दैन। हाम्रो निर्णय श्वेच्छाचारी होइन, यो अन्तर्राष्ट्रिय कानुनमा आधिरित हो।’

विकिलिक्सका संस्थापक असान्जलाई गत बिहीबार लन्डनमा हिरासतमा लिइएको थियो। उनीमाथि सन् २०१२ मा बेलायतमा दिएको जमानतको दुरूपयोग गरी इक्वेडर दँतावासमा शरण लिएको आरोप छ र यसो मामिलामा उनी सजायको प्रतिक्षा गरिरहेका छन्। बेलायतबाट स्विडेन हस्तान्तरण गर्ने भयले उनले इक्वेडर दँतावासमा शरण लिएका थिए।

यसअघि आइतबार असान्जका वकिलले उनीविरुद्धको बलात्कारको मुद्दा पुनः खोलिएमा असान्जले स्विडेनका अधिकारीहरुलाई सहयोग गर्ने बताएका थिए।

अस्ट्रेलिया फर्काउने पहल गर्न पिताको आग्रह
असान्जका पिताले अस्ट्रेलियाली सरकारसमक्ष उनलाई अस्ट्रेलिया ल्याउने पहल गर्न अनुरोध गरेका छन्। यदि उनलाई स्विडेन हुँदै अमेरिका हस्तारण गरिएमा उनले लामो समय जेलमा सड्नुपर्ने हुन सक्ने बताएका छन्। असान्ज अस्ट्रेलियाली नागरिक हुन्।
अस्ट्रेलियाको मेलबर्नमा बस्ने जोन सिफ्टनले अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनसँग अप्रिल ११ मा भएको असान्जको गिरफ्तारीको मामिलामा हस्तक्षेप गर्न अनुरोध गरे। ४७ वर्षीय असान्जलाई लन्डनस्थित इक्वेडर दँतावासबाट गिरफ्तार गरेपछि बेलायती हिरासतमा राखिएको छ।

असान्जमाथि विकिलिक्सका माध्यमबाट अमेरिकी सरकारका गोप्य जानकारी सार्वजनिक गरेको आरोप लागेको छ। अमेरिकालाई हस्तान्तरण गर्ने डरले उनी विगत ७ वर्षदेखि लन्डनस्थित इक्ेवडर दँतावासमा शरण लिएर बसेका थिए।

प्रतिक्रिया दिनुहोस्