प्रियंकाले गरिन याैन उत्पीडनको खुलासा



बलिउड नायिका प्रियंका चोपडाले आफु यौन उत्पीडनको सिकार भएको खुलासा गरेकी छिन्।

न्युयोर्कमा हालै सम्पन्न दशौं वार्षिक विश्व महिला सम्मेलनमा सामेल उनले महिलासँग जोडिएका मुद्दामा खुलेर आफ्नो धारणा राखिन्। ‘मलाई यस्तो लाग्छ यौन उत्पीडन महिलाको साथ जोडिएर आएको शब्द हो। मैले आफै पनि यसको सामना गरिसकेको छु’, उनले भनेकी छिन्– ‘अब हामीले एक अर्कालाई सपोर्ट गरेका कारण कसैले पनि चुप गराउन सक्दैन र यस्तो कुराले यस्ता विषयमाथि बोल्न निकै हिम्मत आउँछ। यस कोठमा रहेका सबै महिलाले सायद एक न एकपटक यसको सामना गरेको हुनुपर्छ। हामीसँग आवाज भए पनि कसैले हाम्रो सुनेनन्। तर अब हामी एक्लै छैनौं र मलाई यो कुरा बताउन कुनै संकोच लाग्दैन।’

बलिउडमा अभिनेत्री तनुश्री दत्तले मी टु अभियानको शुरुआत गरेकी थिइन्। जसका कारण नाना पाटेकर, साजिद खान, आलोकनाथ, विकास बहलजस्ता अभिनेता र निर्देशकलाई यौन शोषणको आरोप लागेको छ।

प्रतिक्रिया दिनुहोस्