बोको हरामका ६३ लडाकू मारिए



बोउहामा, (एजेन्सी)
नाइजेरियाली सेना र लडाकँबीच आइतबार राति भएको भिडन्तमा ६३ जना इस्लामिक लडाकँ समँह बोको हरामका आशंकित लडाकँलगायत ७ जना सैनिकको ज्यान गएको चाडका सैनिक प्रवक्ताले सोमबार जनाएका छन्।

बोको हरामले गत वर्ष पनि सातपटकसम्म चाडमा आक्रमण गरेको थियो। कर्णेल आजेम बर्मान्डोवाले लेक चाड क्षेत्रको बोउहामामा भएको भिडन्तमा कम्तीमा ७ जना सैनिक मारिएको तथा अन्य १५ जना घाइते भएको र ६३ जना आतंककारीको ज्यान गएको जनाएको छ।
उनले अन्य लडाकँको खोजी भइरहेको जनाएका छन्।

चाडका रक्षमन्त्री दाउद याया ब्राहिम र सेना प्रमुख ताहर एर्दा घटनाको मँल्यांकन गर्न घटनास्थलतर्फ गएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्