नेपाल बंगलादेश बैंकको रजत बचत खाता योजना



काठमाडौं, (नेस)
नेपाल बंगलादेश बैंकले बैंकको २५औं वार्षिकोत्सव एवम् नयां“ वर्ष २०७६ को अवसर पारेर रजत बचत खाता सञ्चालनमा ल्याएको छ ।

उक्त रजत बचत खाता २५ रुपिया“मा खाता खोल्न सकिने, बैंकद्वारा सय रुपिया“ थप प्रदान गर्ने, बचतकर्ता र इच्छाएको व्यक्तिलाई १ लाखसम्मको स्वास्थ्य बीमा सुविधा र नेपाल भरिका अस्पतालमा उपचार सेवा जस्ता आकर्षक सुविधा रहेका छन् । यस सुविधाअन्तर्गत बचतकर्ता र निजको इच्छाएको व्यक्तिले नेपाल भरीका अस्पतालहरुमा स्वास्थ्य उपचार गराउ“दा लाग्ने खर्चमा १ लाखमा नबढ्ने गरी वार्षिक औसत निक्षेप रकमको २५ प्रतिशत वा अस्पतालको बिल रकममध्ये जुन न्यूनतम हुन्छ सो रकम बराबर दाबी प्राप्त गर्न सक्नेछन् ।

संयुक्त बचतकर्ताको हकमा दुवै बचतकर्तालाई यो सुविधा प्राप्त हुनेछ । यस प्रकारको सुविधा वर्षमा २ पटक प्राप्त गर्न सकिनेछ । विभिन्न १५० थरिका रोगको उपचार तथा सल्यक्रियाका निम्ति पनि यो सुविधा प्राप्त हुनेछ ।
उक्त बचत खाता सुरुवात समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुगांनाले सरकार र नेपाल राष्ट्र बैंकको सकारात्मक प्रयासलाई बैंकको तर्फबाट पूर्ण साथ र सहयोग हुने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

बैंकले ८७ शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बंैकिङ सेवा तथा ६७ वटा एटीएमबाट बैंकिङ सुविधा दिं“दै आएको कुरा पनि जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्