एनएमबि बैंकको सबैको सहारा बचत खाता सञ्चालन



काठमाडौं, (नेस)
एनएमबि बैंकले एक घर एक खाता अभियानलाई अझ परिस्कृत गर्दै सबैका लागि बचत, सधैंका लागि साहरा भन्ने नारासहित एनएमबि सबैको सहारा बचत खाता सञ्चालनमा ल्याएको छ ।

सबैको सहारा बचत खातामा बैंकको तर्फबाट सय रुपिया“ जम्मा गरिनेछ । यस खातामा प्रत्येक ग्राहकको अग्रिम बीमा सुरक्षण गरिनेछ जस अन्तर्गत खातावालको दुर्घटना मृत्यु वा दुर्घटनाका कारण स्थायी रुपमा अंगभंग भएमा वा क्यान्सर, किड्नी निस्कृयता, लिभरको रोग, मस्तिस्कघात, ह्दयघात, प्यारालाइसिस आदि जस्ता १८ गम्भीर रोगमध्ये कुनै एउटा रोग लागेको खण्डमा खातावाल या निजको नजिकको हकवालालाई १० लाखसम्मको बीमा रकम उपलब्ध गराइनेछ ।

यसका अतिरिक्त उक्त खातामा सर्वाधिक ब्याजदर, निशुल्क डिम्याट खाता, निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ तथा डिलाइट एटिएम कार्डको माध्यमबाट नेपालभरिका जुनसुकै एटीएमबाट निःशुल्क रकम झिक्न सकिने जस्ता सुविधा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्