सिटिजन्स सरल बचत खाता शुरू



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलले नया“ बचत योजना सिटिजन्स सरल बचत खाता नया“ वर्षबाट लागू गरेको छ । यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहकलाई बैंकको तर्फबाट सय रुपिया“ं खातामा राखिदिने व्यवस्था गरिएको छ ।

शुरुमै सय रुपिया“ खातामा पाउने सिटिजन्स सरल बचत खाता सबै नेपालीहरूको लागि अत्यन्तै फलदायी हुने विश्वास बैंकले लिएको छ । यस खातामा दैनिक मौज्दातमा वार्षिक ५ प्रतिशत ब्याजदर प्रदान गरिने छ । बैंकले यस योजनाअन्तर्गत सहभागी भएका ग्राहकहरुका लागि विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ ।

सिटिजन्स सरल बचत खातामा भिसा डेबि कार्ड, अन्तर शाखा कारोबार, आस्बा सेवा, निःशुल्क सिटिजन्स स्र्माट बैंकिङ सुविधा (मोबाइल बैंकिङ)लगायत अन्य सेवाहरूजस्ता अनेकन सेवाहरू उपलब्ध छन् । यस बैंकले ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव चार लाख ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्