समिट एयरको जहाज चिप्लिएर मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएको निष्कर्ष



काठमाडौं । लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा समिट एयरको जहाज चिप्लिएर मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर भएको दुर्घटनाको छानबिन गर्न सरकारले समिति गठन गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको संयोजकत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति बनाएको हो।

समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनियर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डंगोल सदस्य छन् भने सदस्य सचिव मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए।

आइतबार लुक्लामा भएको जहाज प्रहरीसहित तीन जनाको मृत्यु भएको थियो।

यसरी ठोक्कीएको थियो जहाज हेलिकप्टरसँग

 

प्रतिक्रिया दिनुहोस्