एक वर्षमा सरकारले उल्लेखनीय काम गरेको मन्त्री बास्कोटाकाे दाबी



सलिम अन्सारी, प्युठान ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले एक वर्षको अवधिमा उल्लेखनीय काम गरेको दावी गर्नुभएको छ ।

प्युठानको अति दुर्गम गौमुखी गाउपालिकाको अर्खामा आयोजित मिडिया सम्मेलनको उद्धघाट्न गर्नुहुदै उहांले १ वर्षमा कानूनी जटिला र नीतिगत अवरोध हटाउदै सरकारले जनमत अनुसार नै काम गरेको बताउनुभएको हो ।

’‘सरकारले काम गर्न सकेन भन्नेहरुले हेर्नुस ,’मन्त्री बास्कोटाले भन्नुभयो , ‘छोटो समयमै लोकप्रिय काम गरेको किन नदेख्ने? बिकास जनताको अधिकार भएको उल्लेख गर्नुहुँदै उहाले भन्नुभयो ’ जनता बसेको ठाउँमा जे चाहिन्छ त्यो दिन्छौ,सरकारले ब्यबस्था गर्छ।’सरकार सुखी नेपाली सम्बृद्ध नेपालको नारालाई साकार पार्न अघि बढेको बताउनुहुँदै उहाले देश सम्बृद्धिको बाटोमा अग्रसर भएको दावी गर्नुभयो।

त्यसैगरी सरकारका प्रवक्तासमेत रहेका बास्कोटाले सरकारले गरिरहेको कामका लागि संचारकर्मीहरुको साथ आवश्यक रहेको औल्याउनुभयो । उहाँले सञ्चारमाध्यम समाजको ऐना बन्नुपर्नेमा जोड दिनुभयो। पछिल्लो समय सञ्चारमाध्यममा विकृति मौलाउन थालेको भन्दै समाजमा सञ्चार माध्यमले आफ्नो ऐना हेर्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो। सबै तहका सरकारले आफ्नो ठाउँबाट जनताको समृद्धिका लागि काम गरिरहेको मन्त्री बास्कोटाले बताउनुभयो । ‘सडक पुल पुलेसाहरु बनिरहेकै छन् । नीतिगत संगठनात्मक सुधारका पाइला अगाडि बढिरहेका छन्’ उहाले भन्नुभयो ।सरकारलाई दुई तिहाइको दम्भ नभएको उहाको कथन थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन बिज्ञ एवं नेकपाका केन्द्रीय सदस्य सुर्य थापाले पर्यटन विकासका लागि भौतिक पुर्वाधार निर्माणमा जोड दिनुपर्ने र एकीकृत पर्यटन कार्यक्रम ल्याउनु पर्ने बताउनु भएको छ । उहाले स्वर्गद्धारी,लुम्बिनी र गौमुखीलाई एकीकृत गर्दै पर्यटन बिकास गर्न सकिने धारणा राख्नुभयो। ठुलाचौरमा आयोजित प्रदेशस्तरिय मिडिय सम्मेलनमा देशभरका दुई सय पत्रकारहरुको सहभागिता थियो । नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष महाबिर राना र गौमुखी गाउपालिका अध्यक्ष बिष्णु कुमार गिरीले दुर्गममा आयोजीत मिडिया सम्मेलनले समग्र प्युठान र प्रदेशकै पर्यटन बिकासका लागि टेवा पुग्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्