पसिनाको फस्ट लुक्स



नयाँ वर्ष २०७६ को अवसर पारेर पसिना नामक फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।
मजदूरको कथा व्यथा समेटिएको भनिएको फिल्मको पोस्टरमा मुख्य कलाकार गौरव पहारी, अनु शाह, सरोज खनाललाई मुख्य स्थान दिइएको छ। आरबी खत्री ‘शरद’ ले निर्देशन गरेको फिल्ममा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरी, सुरजनी केसीलगायतका कलाकारले अभिनय गरेका छन्।

फिल्ममा राजनराज शिवाकोटी, दीपक शर्मा र थिरज राईको संगीत, शिव विक र राजीव समरको नृत्य र देव महर्जनको द्वन्द्व, राम केसीको छायांकन र नवीन निरौलाको सम्पादन रहेको छ। निर्देशक खत्रीको कथा फिल्म आगामी वैशाख २७ गते रिलिजमा आउने भएको छ।

प्रतिक्रिया दिनुहोस्