क्लबमा गोली प्रहार



मेलबर्न (एजेन्सी)
अष्ट्र्ेलियाको मेलबर्न सहर स्थित एक रात्री क्लब बाहिर आइतबार विहान भएको गोलाबारीमा घोइते भएका ४ जनामा दुईको अवस्था गम्भिर भएको बताइएको छ । चारै जनालाई अस्पतालमा भर्ना गरिएको प्रहरीले बताए ।

गोली प्रहारको घटना आतंकवादसँग जोडिएको हुनसक्ने आसंका नभएको प्रहरी प्रवक्ताले बताए । घाइते हुनेहरुको उमेर २९ देखि ५० बर्ष बीचका भएको र एक जनाको उमेर थाहा हुन नसकेको प्रहरीले जानकारी दिए । घटना मोटरसाइकल गिरोहसँग जोडिएको हुन सक्ने आसंकामा अनुसन्धान भइरहेको द एज न्युजपेपर अखबारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्