पेलको पत्थरी शल्यक्रिया



साओपाउलो, (एजेन्सी)
ब्राजिलका महान फुटबलर पेलेको किड्नीमा रहेको पत्थरी निकाल्न शल्यक्रिया गरिएको छ । किड्नीबाट पत्थरी निकालेपछि उनको स्वास्थ्यमा सुधार भएको साओपाओलास्थित इजरालाइट अल्बर्ट आइन्सटाइन अस्पतालका डाक्टरले बताए । उनलाई छिटै अस्पतालबाट डिस्चार्ज हुने पनि जनाइएको छ ।

७८ वर्षीय जादुगरी खेलाडी पेललाई अप्रिल २ मा अस्पतालमा भर्ना गरिएको थियो । स्रोतको अनुसार फ्रान्समा भएको एक कार्यक्रम दौरान उनलाई ज्वरो आएको थियो । पेलेको हालै वर्षमा किड्नी र प्रोस्ट्रेटको समस्याले ग्रसित भएका छन् भने उनको हिप रिप्लेसमेन्टको पनि शल्य क्रिया भएको थियो । तीन पटक विश्वकप फुटबलको उपाधि जित्ने एक्लो खेलाडी हुन् । उनको राष्ट्र ब्राजिलले १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो । उनले अन्तर्राष्ट्रिय करिअरमा १३ सय ६३ खेलबाट १२ सय ८१ गोेल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्