सीतामैयाँ उभिएरै सितार बजाउने विश्वकै पहिलो महिला



सितारवादक एवं सांस्कृतिक संस्थानकी कलाकार सीतामैया“ राजचलले विश्वकै पहिलो उभिएर सितार बजाउने महिला सितारवादकको रेकर्ड कायम गरेकी छिन्।

वल्र्ड बुक अफ रेकर्ड लन्डनको नेपाल शाखाले यस शीर्षकअन्तर्गत सूचीकृत गर्दै हालै राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा प्रमाणपत्र प्रदान गरेको छ।


संस्कृतिविद् एवं शताब्दीपुरुष डा. सत्यमोहन जोशी र वल्र्ड बुक अफ रेकर्डका पदाधिकारीद्वारा उनलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ। त्यस अवसरमा सीतामैया“ले सितारमार्फत आफ्नो प्रस्तुति पनि दिएकी थिइन्। कार्यक्रममा बोल्दै जोशीले गणित, नाटक र संगीत विश्वका सबै भाषीले बुझ्ने भएकाले यिनीहरूको विषेश महत्व हुने चर्चा गर्दै सितारवादनको क्षेत्रमा सीतामैया“ले राखेको रेकर्डको महत्व हुने बताए।
सीतामैया“ले संगीतमार्फत आफ्नो देशलाई चिनाउने प्रयास सधैं गरिरहने बताइन्।

करिब ३४ वर्षदेखि सितारवादनको क्षेत्रमा सक्रिय सीतामैया“को जर्नी अन फ्रेट्स द टे«डिसन टकिङ स्ट्रिङसलगायतका एल्बम प्रकाशन भएका छन्।

प्रतिक्रिया दिनुहोस्