गलत स्थानमा अंगहरु बोकी ९९ वर्ष बाँच्ने महिला !



वासिंगटन,(एजेन्सी)
थाहै नपाई जीवनभरि शरिरको गलत स्थानमा अंगहरु बोकेकी एकजना अमेरिकी महिलाको ९९ वर्षको उमेरमा कालगतिले मृतयु भएको छ । जन्मँद ैउनको शरिरमा त्यसरी गलत स्थानमा अंग रहेको बताइएको छ ।
जनावरहरुको आहार बिक्रि गर्ने स्टोरकी मालिक रोज मेरी बेन्टलीको सन् २०१७ को अक्टोवरमा मृत्यु भएको हो । उनले ओरेगन राज्यको पोर्टल्यान स्थित एउटा युनिभर्सिटीलाई अनुसन्धानका लागि आफ्नो मृत्यु पश्चात शरिर दान गरेकी थिइन् ।


सो विश्वविदालयका बिद्यार्थीहरुले पहिलोपटक उनका अंगहरु सामान्यतया मानव शरिरको जुन स्थानमा हुनुपर्ने त्यहाँ नभएको पत्ता लगाएका थिए । जीवनकालभरि थुप्रै पटक शल्यक्रिया गराएपनि उनको शरिर भित्रको सो रहस्य खुल्न सकेको थिएन ।
डाक्टरहरु त्यस्तो अस्वाभाविक स्थितीमा पनि उनले त्यति लामो समय सम्म स्वस्थ जीवन बाँच्न सकेकोमा आश्चर्यमा परेका छन् । उनी साइटस इन्भर्सस र लेभोकार्डिया नामक समस्याबाट पिडित रहेकी छिन् । जस अनुसार उनको कलेजो , पेट र अन्य पेटको भागका अंगहरु उल्टो अर्थात दाँयाबाट बाँयापटि बसेका छन् । तर उनको मुटु भने सहि स्थान अर्थात शरिरको बाँयापटि नै रहेको छ ।

ओरेगन स्वास्थ तथा विज्ञान विश्वविद्यालयका सहायक प्राध्यापक डाक्टर क्याम वाकरले उनको शरिर निकै अस्वाभाविक र असामानय रहेको बताएका छन् । २२ हजार जन्ममा एकजनालाई मात्र यस्तो समस्या हुने संभावना रहेको छ । यसबाट ज्यानै जोखममा पर्ने मुटुको रोगहरु देखापर्दछन् । तर बेन्टली लामो समय बाँच्नु पनि रहश्यकै कुरा भएके चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्