दिदीभाइलाई स्वर्ण



बुटवल, (नेस)
बुटवलमा भएको आठौंअन्तर्गत १५औं राष्ट्रिय लनटेनिस खेलमा मिक्स डबल्सतर्फ एपीएफका इभान हो लिसानोभिच र अश्लेषा लिसोनोभिचले स्वर्ण हासिल गरे । दीदीभाईको जोडीले शनिबार भएको फाईनलमा अभिलाषा विष्ट र प्रणव खनालको जोडीलाई ३–६, ६–४, १०–७ को सेटमा हराएर स्वर्ण जितेका हुन् ।

पुरुष डबल्समा प्रदेश नं. ४ का प्रदिप खड्का र नबिन मगर तथा इभान हो लिसानोबिच र जितेन्द्र परियारको जोडीबीच फाइनल भिडन्त हुनेछ । त्यस्तै महिला डबल्सतर्फ एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानोबिच तथा एपीएफका प्रेरणा कोईराला र एनि माथेमाको जोडी फाइनलमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्