अन्तरिक्षका तारा र ग्रह निल्ने ‘ब्ल्याक होल’ को तस्वीर सार्वजनिक, कसरी सफल बने वैज्ञानिक ?



कुनै समय हामीले अध्यायन गर्ने कर्ममा ब्ल्याक होलको विषय पनि पाउने गर्छौ । शिक्षकले यसको रहस्यमय कुरा गर्दा पनि हामीलाई अच्चम लाग्ने गर्दछ । शिक्षकले कक्षाकोठामा ‘ब्ल्याक होल’ ले अन्तरिक्षमा जे-जति र जसलाई पनि आहारा बनाउने र जति खाए पनि नअघाउने ‘अन्तरिक्षको एक दानव’ का रुपमा परिचित रहेको कुरा पनि गर्ने गर्दर्थे ।

तर, हालसालै खगोलविद्ले पहिलोपटक यसको तस्बिर लिन सफल भएका छन् । खगोलविदले निकै पर रहेको ग्यालेक्सी (आकाश गंगा) मा रहेको ब्ल्याक होलको तस्बिर लिन सफल भएका हुन् ।

वैज्ञानिकले ब्ल्याक होललाई ‘मोन्स्टर’ अर्थात राक्षस भन्ने पनि गरेका छन् । आकाशगंगा (ग्यालेस्की) को केन्द्रभागमा रहेको सूर्यभन्दा अरबौं गुणा ठूलो सबैभन्दा विशाल कालो छिद्र (ब्ल्याक होल) ले अविश्वसनीयरुपमा सूर्यभन्दा तातो, चम्किलो र उच्चगतिको नयाँ–नयाँ ताराहरु निर्माण गरिरहेको नयाँ तथ्य बैज्ञानीकहरुले पत्ता लगाएका हुन ।

वैज्ञानिकहरुले यसलाई ऐतिहासिक घटना मानेका छन् । यो घटनाले ब्रह्माण्डको रहस्यका बारेमा थाहा पाउने तरिकामा क्रन्तिकारी परिवर्तन आउने वैज्ञानिकहरुले स्वीकार गरेका छन् ।

अनुसन्धानकर्ताहरुले भर्खरै उक्त विशाल कालो छिद्र (ब्ल्याक होल) भित्र कडा हावाबाट धेरै ताराहरुको निर्माण भइरहेको प्रमाणहरु पनि प्राप्त गरेको बताएका छन् ।

वैज्ञानिकहरुले भनेका छन्–‘अब ब्रम्हान्डमा रहेको आकाशगंगा (ग्यालेस्की) को निर्माण कसरी भएको छ भन्ने तथ्य पत्ता लाग्न धेरै समय कुर्नु पर्ने छैन् ।’

वैज्ञानिकहरुले ‘इएसओ’को ठूलो टेलिस्कोप प्रयोग गरेर आकाशगंगाको केन्द्रभागमा रहेको सबैभन्दा विशाल कालो छिद्रमा ताराहरुको बहावलाई अध्ययन गरिरहेका छन् ।

ब्ल्याक होलनजिक रहेका ताराहरु ब्ल्याक होलमा छिरेर ध्वस्त भइरहेका छन् । तर, यो अध्ययनले ताराहरु ब्ल्याक होलभित्र छिरेर ध्वस्तमात्र हुँदैनन्, त्यहाँबाट नयाँ ताराहरु पनि निर्माण भइरहेका छन् भन्ने नयाँ तथ्य पनि पत्ता लागेको छ ।

यसरी खिचियो तस्बिर

यो ऐतिहासिक तस्बिरलाई इभेन्ट होरिजन टेलिस्कोपको माध्यमबाट खिचिएको थियो । यो अन्टार्टिकादेखि स्पेन र चिलीसम्म विश्वभर फैलिएको ८ वटा रेडियो टेलिस्कोपको नेटवर्क हो । यसका लागि २ सयभन्दा बढी वैज्ञानिकहरु खटिएको थिए ।

ब्ल्याक होल कसरी पत्ता लाग्यो ?

खगोलविद्हरूले कालो छिद्रलाई एउटा अति संकुचित खगोलीय वस्तुको रूपमा चित्रण गरेका छन् । यसको गुरुवात्कर्षण बल अत्यधिक भएकाले कुनै पनि वस्तुलाई आफूबाट फुत्कनै दिँदैन, प्रकाशलाई समेत छिर्न दिँदैन ।

अर्थात् प्रकाशको अस्तित्व पनि कालो छिद्रमा समाप्त हुन्छ । १८ औं शताब्दीमा गुरुत्वाकर्षण नियमको आधारमा पहिलोपटक यसको अस्तित्वबारे चर्चामा आएको हो । यो एउटा अति विशाल या सानो आकारको वस्तु भएर पनि यसको सतहमा धेरै गुरुवात्कर्षण बल रहेको छ । जोन मिचेल र पिएरे–सिमोन लाप्लास दुवैले स्वतन्त्रतापूर्वक यसबारे आफ्नो राय प्रस्तुत गरेका थिए । उनीहरूले कालो छिद्रलाई अति विशाल या अति सानो वस्तुका रूपमा व्याख्या गरेका थिए ।

कालो छिद्रोको नामचाहिँ सन् १९६७ मा प्रिन्सटनका भौतिकशास्त्री जोन अर्चिबाल्ड ह्विलरले राखेका हुन् । उनले अन्तरिक्षमा एउटा यस्तो विशाल र घना वस्तु छ जसबाट प्रकाश पनि उम्कन सक्दैन भन्ने धारणा पनि राखेका थिए । भौतिकशास्त्री र गणितज्ञहरूले अन्तरिक्षमा कालो छिद्र नजिकै धेरै असाधारण वस्तुहरू आफ्ना अनुसन्धानका क्रममा भेट्टाए । त्यसपछि अति रहस्यपूर्ण मानिएको कालो छिद्रबारे धेरै तथ्यहरू सार्वजनिक पनि भए । केहीले यसबारे रोचक र आकर्षक फिक्सनहरू नै लेख्न भ्याए । यसबारे नानाथरीका कल्पना गरिए ।

यद्यपि कालो छिद्र काल्पनिक कथा थिएन र होइन । वैज्ञानिकहरूले यसको निर्माण विशाल तर सामान्य ताराहरूको मृत्युपछि हुन्छ भन्ने तथ्य पत्ता लगाए । भाइबहिनी हो, हामीले कालो छिद्र हेर्न सक्तैनौं । अझ वैज्ञानिकहले समेत टेलिस्कोपबाट प्रत्यक्ष पमा यसको अवलोकन गर्न मिल्दैन । किनभने यसले एक्सरे लगायतका विद्युत् चुम्बकीय विकिरण पैदा गर्छ ।

तर यसमा खसिरहेको वस्तुको अवलोकन गर्न र ती वस्तुहरूलाई कालो छिद्रले आकर्षण घटनालाई अवलोकनचाहिँ गर्न सक्छौं । यी अवलोकनहरूबाट खगोलविद्हरूले अन्तरिक्षमा धेरै कालो छिद्र भएको निष्कर्ष निकाले । अझै पनि यसबारे थप जानकारी लिन उनीहरूले अति सावधानीपूर्वक यसको अवलोकन गरिरहेका छन् । हाल हाम्रो ब्रह्माण्ड असंख्य काला छिद्रले भएिको पुष्टि भइसकेको छ ।

धेरैले कालो छिद्र ब्रह्माण्डको एउटा अनौठो वस्तु भनेका छन् । ग्रह र ताराजस्तो यसको सतह हुँदैन भन्छन् । अन्तरिक्षमा यसको एउटा क्षेत्र भने हुन्छ, जहाँ कुनै पनि पदार्थ आफैं हराउन पुग्छन् । कालो छिद्रामा कुनै पनि वस्तुको आपत्तिजनक पतन एउटा अविश्वसनीय सानो क्षेत्रमा भएको विशाल पिण्डको परिणामले हुन्छ ।

अघि नै चर्चा गरिसकियो कि हामीले कालो छिद्रलाई हेर्न सक्दैनौँ तर यसको नजिकै रहेको धुलाका कण, ताराहरू र आकाशगंगाहरूमा पर्ने प्रभावको अवलोकनचाहिँ गर्न सक्छौं ।

कालो छिद्र विभिन्न आकारका हुन्छन् । तीमध्ये केही चाहिँ सूर्यको तुलनामा थोरै गुणा मात्रै विशाल हुन्छन् । यी ‘स्टेलर–मास’ कालो छिद्रको निर्माण सूर्यको भन्दा १० गुणा बढी गह्रौं तौलका ताराका कारण हुन्छ । जसको जीवनको अन्त्य सुपरनोभाको विस्फोटनपछि हुने गर्छ ।

‘मिल्की वे’ सहितका अधिकांश आकाशगंगाहरूको केन्द्रमा अति विशाल कालो छिद्रा रहेको वैज्ञानिक बताउँछन् । यिनीहरू सूर्यभन्दा लाखौं या अर्बौं गुणा गह्रौं हुन्छन् । अति विशाल कालो छिद्र ‘पावर एक्टिभ’ आकाशगंगा र प्राचीन आकाशगंगाहरूलाई कैसर नामले चिनिन्छ । कैसर सबैभन्दा ठूला तर सामान्य आकाशगंगाको तुलनामा सयौ गुणा चम्किला हुन्छन् ।

सूर्य, पृथ्वी सबैलाई निल्न सक्छ भन्ने कुरा साँचो हो ?

भन्छन् वैज्ञानिकहरु ‘ब्ल्याक होल’ ले अन्तरिक्षमा जे–जति र जसलाई पनि आहारा बनाउने र जति खाए पनि नअघाउने ‘अन्तरिक्षको एक दानव’का रुपमा परिचित छ । यसले आँफू नजिक आएका तारा, ग्रहलगायत अन्तरिक्षका सबै वस्तुहरु, यतिसम्म कि प्रकाशलाईसमेत निलिदिन्छ । अनि, पृथ्वीलगायत अन्य सबै ग्रहहरु पनि ब्ल्याक होलको मुखमा पुग्नेछन् र भविष्यमा कुनै दिन यो कुरा यथार्थमा परिणत हुनेछ भन्नेमा वैज्ञानिकहरु विश्वस्त रहेको पाइन्छ ।

कुनै समय वैज्ञानीकहरुले यो प्रतिघन्टा ४ लाख किलोमिटरको गतिमा अगाडि बढिरहेको र यो सूर्य नजिक आइपुग्छ र यसले सूर्यलाई निल्ने निश्चित छ भन्ने कुरा पनि सार्वजनिक गरेको पाइन्छ । यसले सूर्यबाहेक पृथ्वीलगायत अन्य सबै ग्रहहरुसमेतलाई निल्ने कुरा पनि कुनै समय बाहिर आएको थियो । तर, यो कति साँचो हो भन्ने कुरामा कुनै वैज्ञानिकहरु स्वंयम जानकार नरहेको बताउँछन् ।
वैज्ञानिकहरुले यसबारे निरन्तर अध्ययन गरिरहेका छन् । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्