बिजय युथ सेमीफाइनलमा



पाँचथर, (नेस)
जाउलाखेल युथ क्लब ललितपुरलाई ट्राइबेकरमा पराजित गर्दै बिजय युथ क्लब हेटौंडा पाँचथरमा जारी पाँचथर गोल्ड कपको सेमीफाइनलमा प्रबेश गरेको छ ।
बुधबार भएको खेलमा दुवै टिमले निधारित समय सम्म एक÷एक गोल गरेपछि पेनाल्टी प्राहारबाट नतिजा निकाल्नु परेको थियो ।

खेलको ३५औं मिनेटमा सुदेश महत्तोले आप्mनो डिबक्स भित्र बललाई क्लियर गर्न खोज्दा आत्मघाति गोलबाट जाउलाखेलले अग्रता लिएको थियो । एक गोलले अघि रहेको जाउलाखेलका बिरुद ६८औ मिनेटमा बिजय युथका सञ्जिव अर्यालको कर्नर प्रहारलाई विश्वास लामाले हेड मार्फत गोल गर्दै बराबरीको अबस्थामा पु¥याए ।

प्रतिक्रिया दिनुहोस्