थ्रीस्टार सेमिफाइनलमा



सर्लाही,(नेस)
सर्लाहीको बागमतीमा जारी तेस्रो राजर्षि जनक कप फूटबलअन्तर्गत बुधबार रुस्लान थ्रिस्टार क्लबले आयोजक बागमती युवा क्लव निलोलाई ४–० ले हराउदै सेमिफाईनलमा प्रबेश गरेको छ ।

कर्मैयास्थित सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा भएको खेलमा ललितपुरको थ्रीस्टारको जितमा सुशील राईले दुई गोल गरेका थिए । शुशीलले थ्रिस्टारका लागि खेलको २२औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अगाडि बढेको थ्रीस्टारका लागि अनिलले ६८ औं मिनेटमा टोलीको दोस्रो गोल गरे । त्यस्तै इन्जुरी समयमा शुशील र म्यान्साले एक–एक गोल गरेपछि आयोजक टोली बाहिरिन बाध्य भएको थियो ।

उत्कृष्ठ खेल खेलेका थ्रि स्टिारका ११ नम्बर खेलाडी शुसिल राईले १० हजार प्राप्त गरेका छन् । प्रतियोगिता अन्तरगतको बिहिवारको खेलमा डिफेन्डिङ च्याम्पेन सुदुर पश्चिम ११ र एपिएफ क्लव विच खेल हुने आयोजकले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्