संगीतकार क्षत्रीको निधन



गायक तथा संगीतकार कमल क्षेत्रीको ७७ वर्षको उमेरमा सोमबार राती निधन भएको छ। शास्त्रीय संगीतमा निपूर्ण संगीतविज्ञ क्षेत्री लामो समयदेखि अस्वस्थ थिए।

१९९८ सालमा काठमाडौंमा जन्मेका क्षत्री २०२७ सालदेखि सांस्कृतिक संस्थानमा कार्यरत थिए। उनको संगीतमा तयार भएका धेरै गीति नाटक संस्थानमा छन्। क्षत्रीले मुनामदनमा सहायक संगीत निर्देशन र स्वरसमेत प्रदान गरेका छन्। शिव ताण्डव नृत्य नाटिकामा समेत संगीत दिएका क्षत्रीले प्रयाग संगीतका लागि इलाहवादबाट परिक्षा दिनेहरुका लागि महत्वपूर्ण योगदान दिँदै आएका थिए।

उनको संगीत र स्वरमा रेडियो नेपालमा थुप्रै गीत रेकर्ड भएका छन्। क्षत्रीद्वारा स्वरवद्व रामशरण नेपालीको संकलनको गीत माया कसले नेप्टीलाई लाइटर निकै चर्चित छ। क्षत्रीले पहिलो गीतस्वरुप २०२६ सालतिर यो गीत रेकर्ड गराएका थिए।

उत्कृष्ट नेपाली लोकगीतहरुको संलनमा परेको यो गीत २०५८ सालतिर पुनः रेकर्ड गरिएको थियो। गायक विज्ञान श्रेष्ठको स्वरमा कमल क्षेत्रीले संगीत भरेको ताराको टिलपिल टिपेर पनि उनको सम्झनयोग्य मानिन्छ।सुख खोजेर भेटिने भए चुपचाप मरिदिन्थे उनको अर्को अमर सिर्जना हो। शास्त्रीय रागहरूबारेको पुस्तक रागहरुको साँचो लेखेका उनी पछिल्लो समय आप्mना शिष्यहरुलाई संगीत प्रशिक्षण दिंदै आएका थिए। गायक तथा संगीतकार क्षत्रीको मंगलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ।

प्रतिक्रिया दिनुहोस्