विधायकको हत्या



रायपुर (एजेन्सी)
छत्तिसगढको दन्तेवाडा जिलामा भारतिय जनता पार्टीका एक विधायकको सवारीमाथि भएको नक्सलवादी हमलामा विधायक सहित पाँच सुरक्षाकर्मीको मृत्यु भएको छ । नक्सलवादीहरुले विधायक भीमा मन्डावीका गाडीहरुमा हमला गरेको र एक गाडीलाई विस्फोटमा उडाएको बताइएको छ ।

उक्त आक्रमण श्यमगिरी पहाडी इलाकाको दन्तवाडा–सुकमा रोडको नकुलनार भन्ने स्थानमा भएको हो । विस्फोटमा बुलेटप्रुफ गाडी क्षतिग्रस्त भएको बताइएको छ । दन्तवाडामा अप्रिल ११ को पहिलो चरणको चुनाव हुन गइरहेको छ । आक्रमण चुनाव प्रचारको अन्तिम दिन भएको हो ।

प्रतिक्रिया दिनुहोस्