सावित्रा र अनिता आई लिगमा



राष्ट्रिय महिला फुटबल टोलीका सदस्य सावित्रा भण्डारी र अनिता बस्नेतलाई भारतमा हुने हिरो इन्डियन महिला लिगमा (आई महिला लिग) खेल्ने भएका छन् । सावित्रा र अनितालाई आई लिगका क्लब सेतु फुटबल क्लबले एक सिजनका लागि अनुबन्ध गरेको हो ।

हालै नेपालमा भएको पाँचौ साफ महिला च्याम्पियनसिप, म्यानमारमा सम्पन्न टोकियो ओलम्पिक महिला फुटबल छनोट र भारतमै भएकोे हिरो गोेल्डकपमा दुबै जनाले गरेको प्रदर्शनको आधारमा उक्त क्लबले अनुबन्ध गरेको जनाइएको छ । यसअघि अनिता र सावित्राले माल्दिभ्सको फुटबल लिगमा खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्