‘लगानीमैत्री वातावरण बनाउन ललित अन्तर्राष्ट्रिय मेला’



कृष्णलाल महर्जन
अध्यक्ष, ललितपुर उद्योग वाणिज्य संघ
ललितपुर उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि आइतबारसम्म ललितपुरको नटोलमा ललित अन्तर्राष्ट्रिय व्यापार मेला हु“दै छ । हरेक वर्ष मेला आयोजना गर्ने नीति अनुरुप गत वर्षझै संघले यसपटक मेला आयोजना गर्न लागेको हो । पा“च दिनसम्म चल्ने मेलाले ललितपुरको आर्थिक विकास, लगानीमैत्री वातावरण बनाउन के कस्तो प्रभाव पार्ने छ, यस विषयमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनसं“ग नेपाल समाचारपत्रले गरेको कुराकानी:

ललित अन्तर्राष्ट्रिय व्यापार मेला किन आयोजना गरिएको हो ?
ललितपुरमा उत्पादित सामग्रीको अन्तर्राष्ट्रिय स्तरमा बजार विस्तार गर्न र विभिन्न देशमा उत्पादित सामग्रीको बजारको रुपमा ललितपुरलाई विकसित गर्न यस मेला आयोजना गरेका हौं । राजधानीसं“गै जोडिएको जिल्ला भए पनि ललितपुरको विकासमा राज्यको ध्यान अपेक्षाकृत रुपले परेको छैन । ललितपुरको आफ्नै सामथ्र्य र सम्भावना छन् । तिनै सम्भावनालाई मूर्त रुप दिने सम्बन्धमा ध्यानाकर्षण गर्न पनि यस मेला आयोजना गरेका हौं ।

मेलामा के कस्तो स्टलहरु रहने छ ?
मेलामा करिब सय वटा स्टल रहने छन् । भारत, पाकिस्तान, बंगलादेश, चीनलगायत विभिन्न देशको ३० वटा स्टल रहने छ । मेलामा नेपालमा उत्पादन हुने हस्तकलाका विविध सामग्रीको स्टल रहने छ । नजिकिएको नया“ वर्ष २०७६ अवसरमा आफ्ना प्रियजन, साथीभाई परिवारका लागि आकर्षक र गुणस्तरीय उपहार खरिद गर्न सक्ने अपूर्व अवसर मेलामा प्राप्त हुनेछ । विभिन्न सांस्कृतिक झा“क्रीसहित संस्कृतिको आनन्द र मनोरम वातावरणमा क्रेता र बिक्रेता प्रत्यक्ष भेटघाट हुने अवसर पनि सिर्जना गर्नेछ । मेलामा दर्शकहरुले अत्याधिक रुचाएको नेपाल आइडिएलको बुकिबुकीको विशेष प्रस्तुती रहनेछ । मेला अवधिभर ललितपुरको कला, संस्कृति, गीत संगीतको मज्जा लि“दै नेवारी खाजास“ंगै अन्य खाजाको स्वाद लिन सकिने छ ।

मेलाले ललितपुरको व्यावसायिक वातावरणमा कस्तो प्रभाव पार्ला ?
मेलाबाट स्वेदशी व्यवसायी, बिक्रेताहरुलाई आफ्नो उत्पादन अन्तर्राष्ट्रिय रुपमा विकास गर्ने अवसर पाउने छ । विभिन्न देशमा उत्पादित र व्यवसायीबीच आपसी अध्ययन तथा ज्ञान, सीप आदानप्रदान, पर्यटन र व्यावसायिक विकासमा पनि मेलाले टेवा पु¥याउने विश्वास रहेको छ । यस मेलाले सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटन भित्र्याउने लक्ष्यलाई पनि टेवा दिने विश्वास रहेको छ ।

संघले भिमसेन मन्दिर पुनर्निर्माणलाई प्राथमिकता राखेको अवस्थामा अहिले नै मेला किन आयोजना गर्नुभएको हो त ?
ललितपुरका व्यापारीहरुको इष्ट देवताकोे रुपमा भिमसेन मन्दिरलाई पूजा गरिन्छ । भिमसेन मन्दिरप्रति व्यापारीहरुको श्रद्धा र विश्वासको प्रतीकको रुपमा यस मन्दिरको पुनर्निर्माणको अगुवाई संघले गर्नुपर्ने मागलाई सुनवाई गर्दै पुनर्निर्माण प्राधिकरणले पुरातत्व विभाग, ललितपुर महानगरपालिका हु“दै संघलाई मन्दिर पुनर्निर्माण गर्न स्वीकृति दिइएको थियो ।

यस जिम्मेवारीलाई अवसरको रुपमा लि“दै संघ पुनर्निर्माणको लागि कटिबद्ध रहेको छ । मन्दिर पुनर्निर्माण गर्न करिब ४ करोड रुपैया“ लाग्ने प्रारम्भिक अनुमान रहेको छ । मन्दिर पुनर्निर्माणका लागि आर्थिक संकलन कार्य दु्रत गतिले अघि बढीरहेको अवस्थामा यसपटकको मेलालाई भिमसेन मन्दिर पुनर्निर्माणमा सघाउने मेलाको रुपमा लिएका छौं ।

लगानी सम्मेलन सकिएलगतै हुन लागेको यस मेलाले लगानीको वातावरण कुन किसिमले टेवा पु¥याउ“छ त?
भर्खरै सम्पन्न लगानी सम्मेलन सरकारले ‘शो–केस’ गरेका ७७ परियोजनामध्ये १७ वटामा लगानी गर्न विदेशी लगानीकर्ता इच्छुक देखिएका छन् ।तर, लगानीमैत्री वातावरण नबनेसम्म इच्छुक भएर पनि लगानी गर्न नसक्ने अवस्था विगतका लगानी सम्मेलनले पनि देखाएको हो । यस अवस्थामा यस मेलाले लगानीको वातावरण तयार गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने विश्वास लिएका छौं । लगानी भित्र्याउन आवश्यकपर्ने लगानी ऐन बनाउनेदेखि कार्यविधि निर्माणसम्मको काम अब तत्काल गरेर लगानीमैत्री वातावरण बनाउनुपर्दछ ।

लगानी सम्मेलनमा देखिएको राजनीतिक सहमति लगानी भित्रा्याउन र लगानी बढाउनको लागि यस्तै सहमति र सुझबुझको खा“चो छ भन्ने विषयमा पनि मेलामार्फत यस निजी क्षेत्रको प्रतिनिधिमूलक संगठनको रुपमा मेलामार्फत ध्यानाकर्षण गराउने छौं ।

प्रतिक्रिया दिनुहोस्