पुल खस्यो



रियो दि जेनेरो,(एजेन्सी)
ब्राजिलको उत्तरी भागमा रहेको पारा राज्यमा एउटा जहाज पुलसंग ठोकिँदा सो २ सय मिटर लामो पुल मोजु नदीमा खसेको आइतवार सरकारी अधिकारीहरुले बताएका छन् ।

पृत्यक्षदर्शीहरुले सो पुलका खम्वाहरु मध्ये एउटामा पानीजहाज ठोकिएपछि पुलमा गुड्दै गरेका दुईवटा कार पनि नदीमा खसेको बताइएको छ । यस दुर्घटनाम कतिजना घाइते भए भन्ने पुष्टि भइसकेको छैन । तैराकीहरुले नदीमा खोजिकार्य जारी राखेको छ । तर जहाजमा रहेका पााचै जना चालकदलका सदस्य भने सकुशल रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्