देशकै नमुना नर्सको उपाधिलेमीरा सम्मानित



सन्तानको चाहना र भावनाको कदर गर्दै अमेरिकादेखि नेपालमा आई छोराको सम्झनामा संस्था मार्फत ग्रामीण भेगका महिलालाई स्वास्थ्य सेवा प्रदान गर्ने र सेवा प्रदायकलाई प्रोत्साहन गर्ने उद्देश्यले खोलिएको निक साइमन इन्स्टिच्युटले आयोजना गरेको १०औं ग्रामीण स्वास्थ्यकर्मीहरूको सम्मेलनमा एक जुझारु, कर्मनिष्ठ नर्सको कामको मूल्यांकन र कदर गर्दै सम्मान गरियो। उनी भरतपुर महानगरपालिका–११ स्थायी घर भएकी मीरा धिताल २०७१ साल वैशाख २ गते रौतहट जिल्लाको गरुडा नगरपालिकाको महमतपुर हेल्थपोस्टका लागि नियुक्ति लिई भाग्य, कर्म र मेहनतमा विश्वास गर्दै सोही महिनाको ८ गते हाजिर भएकी स्वास्थ्यकर्मी हुन्। उनैसँग नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले गरेको कुराकानीको सारसंक्षेप:

तपाईंको जीवनमा ग्रामीण भेगको बर्थिङ सेन्टरको पहिलो नियुक्ति कस्तो लागेको थियो ?
मेरो जीवनमा यो घडी निकै चुनौती र अवसर बोकेर आएको थियो। पहिलो चुनौती भनेको भाषागत समस्या, दोस्रो २४ घण्टा सञ्चालनमा आउनुपर्ने बर्थिङ सेन्टर मुस्किलले दिनमा मात्र चालु हुन्थ्यो। तेस्रो भनेको अति आवश्यक नर्सको जनशक्ति दरबन्दीअनुसार नभएर करारमा थिए। एकातिर पहिलोपटक घरछोडेर जागिर खान टाढा गएको ठाउँ लथालिंग र भताभुंग अवस्थामा थियो।

नेपाल राज्यको जुनसुकै ठाउँमा प्रजनन स्वास्थ्य र बर्थिङ सेन्टरको जिम्मा नर्सिङ स्टाफले मात्र धान्नुपर्ने अवस्था छ। डाक्टर हुनुपर्ने ठाउँमा पनि नर्सलाई नै एसबीए तालिम दिएर बर्थिङ सेन्टरको पूर्ण जिम्मेवारी दिइएको हुन्छ। यस्तो अवस्थामा अस्पताल सञ्चालक समिति, सहकर्मी साथीहरू र स्थानीय व्यक्तिको साथ र सहयोगबिना केही पनि गर्न सकिँदैन। यही सहयोग, सद्भाव, विश्वासकै कारण आज म यो ठाउँमा आएर देशकै नमुना संस्थाको नर्सका रूपमा सम्मानित भएको छु। मेहनतको मूल्यांकन र कदर गरियो यो अर्थमा मलाई अत्यन्तै खुसी लागेको छ।

आज देशकै नमुना संस्थाको रूपमा सम्मानित हुन पाएँ। रौतहटभरिकै सुत्केरीले रुचाएको सेन्टरका रूपमा स्थापित भएको छ। यो सेन्टर गरुडा नगरपालिका मात्र नभई ७ वटा नगरपालिका तथा गाउँपालिकाका लागि केन्द्रविन्दुमा पर्दछ। यस्ता चुनौतीलाई सामना गर्दै काम गर्न सफल भएकोमा खुसी छु।

 

काम शुरू गरेको कति समयसम्म जनशक्तिलगायतको समस्या र≈यो ?
आर्थिक वर्षको अन्त्यसँगै करारको म्याद सकियो र महिला परिचारिका नियुक्त गरी उहाँको साथ लिएर मात्र म काम गर्न सफल भएँ। २०७३ सालसम्म पुग्दा स्वास्थ्य संस्थाको धेरै सुधार भइसकेको थियो। त्यतिबेलासम्म सरकारको ध्यान यही स्वास्थ्य संस्थामा केन्द्रित भइसकेको रहेछ। त्यसैले निजामती कर्मचारी दिवसका दिन रौतहट जिल्लाको उत्कृष्ट स्वास्थ्य संस्था तथा उत्कृष्ट कर्मचारी अवार्डबाट आफू सम्मानित हुन पाउँदा अत्यन्तै खुसी लाग्यो।

त्यो सम्मानले तपार्इंलाई के दियो ?
उक्त सम्मानले आर्थिक, सामाजिक र राजनीतिक संयन्त्रहरूलाई साथ लिँदै आवश्यक पर्ने उपकरण, औजारहरूको अभावमा बिताएको ती क्षणहरूलाई स्मरण गर्दै पुनः विभिन्न संघसंस्थासँगको सहकार्यमा अघि बढ्न हौसला मिल्यो। युनिसेफ, आसमान नेपाल, प्लान नेपाल, पीएसआई नेपाल र आईपास नेपालको सहयोगमा आवश्यक तालिम लिँदै र उहाँहरूले नै उपलब्ध गराएका आर्टिकल, औजारहरूलाई सहीरूपमा उपयोग गर्ने दक्षता हासिल ग¥यौं। यसकै कारण त्यहाँ सेवा लिन आउने सेवाग्राहीलाई सेवा र सुविधाको माध्यमबाट खुसी पार्न पाउँदा अत्यन्तै खुसी लागेको छ। संस्थाको काम यसरी नै अघि बढेको अवस्था छ।

तपाईं कार्यरत बर्थिङ सेन्टरमा पहिला कति सुत्केरी हुन्थे र अहिले महिनामा कति हुन्छन् ?
म जाँदाको समय ४ वर्षअघि महिनामा ४ देखि ५ वटा सुत्केरी हुन्थे। कारण महिलाले राती घरबाट बाहिर गएर काम गर्ने मात्र नभई गर्भवती महिलाले पनि स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने अवस्थाको सृजना नै भएको रहेनछ। संस्थागत सुधार र जनचेतनाको माध्यमबाट घरघरमा सन्देश पु¥याउने काम गरेपछि बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलाको संख्यामा वृद्धि भयो। भाषागतरूपमा सहजकर्ताको माध्यबाट समस्या समाधान गरियो। अहिलेको अवस्था भनेको महिनामा सयभन्दा बढी महिला बर्थिङ सेन्टरमै आएर बच्चा जन्माउँछन्।

आमा र बच्चालाई हेर्दै थिएँ एकैपटक हुलभिड जम्मा गरेर मलाई मार्छु भने। चारैतिरबाट घेराहालेपछि प्रहरीको सहायता लिनुपर्नेसम्मको अवस्था आयो। यतिबेलाको धरपकड र आरोपले निकै हतोत्साहित बनायो। ज्यानै लिनेसम्मको धम्कीले गर्दा कामै छोड्नेसम्मको मनस्थितिमा पुगेको थिएँ।

मुख्य समस्या के रहेछ ?
पहिला पहिला उक्त ठाउँका महिलामा शिक्षाको कमी, जनचेतनाको अभाव र≈यो। यो क्षेत्रमा मुस्लिम समुदाय बढी भएको र महिलालाई घरको संघार नाघेर बाहिर जाने अनुमति नहुनु पनि अर्का समस्या हो। बच्चा जन्माउन कठिन हुँदासमेत बरु घरमै स्वास्थ्यकर्मी, धामी, सुडिनी ल्याउने बाहिर नलाने चलन रहेछ।

सानै उमेरमा आमा बन्नेको संख्या कस्तो छ ?
एकदमै धेरै छ। यतिसम्मकी १४–१५ वर्षका अधिकांश महिलाले पहिलो बच्चा जन्माउँछन्। १३ वर्षको बच्चीले पनि बच्चा जन्माइन्। १५ वर्षमाथिकाले बच्चा जन्माउने कमै छन्।

समस्या आयो भने रिफरल कहाँ पठाउनुहुन्छ ?
एम्बुलेन्समा डेढ घण्टाको बाटो रिफरल वीरगन्ज पठाउँछौं।

यसबीचमा अकल्पनीय घटना कति घट्छन् ?
तालिम र अनुभवको आधारमा पहिला नै समस्याको पहिचान गर्ने, जुन शुरूमै यहाँ गर्न सकिन्छ कि सकिन्न भनेर हेर्ने, नसक्ने अवस्थामा पहिला नै सम्झाई बुझाई गरेर रिफरल पठाउने गरेका छौं। यसो गर्दा गर्दै पनि धेरै समस्याहरू आएका छन्। सुत्केरीको धेरै रक्तश्राव हुने, बच्चा गर्भमै मृत्यु भइसकेको आमाको ज्यान खतरामा परेको अवस्था हुन्छ। उल्टो बच्चा बस्नु, भित्रै अड्किएर बस्नु समस्या हो। तर रिफरल पेसेन्टसँग एम्बुलेन्सलाई तिर्ने पैसा समेत नहुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा पुग्ने घटना धेरै हुन्छन्। भाषिक समस्याले पनि बेला बेलामा समस्या हुन्थ्यो।

२०७१ सालमा डेलिभरी बेड कति थिए ?
डेलिभरि बेड एउटा थियो त्यो पनि चालु अवस्थामा थिएन। सक्सन मेसिन र अटोक्लेबिङ मेसिन जुन बर्थिङ सेन्टरका लागि उच्चस्तरीय सेवा प्रदान गर्नका लागि अति आवश्यक पर्दछ। त्यो सामान हामीसँग चालु अवस्थामा थिएन र मर्मत हुने अवस्थामा पनि थिएन। यो अवस्थामा युनिसेफको सहयोगमा डेलिभरी बेड, अटोक्लेबिङ मेसिन ६ महिनापछि मेरो एक्लो प्रयासमा ल्याउन सफल भयौं। अस्पताल सञ्चालक समितिलाई यति छिटो सामान आउँछ भन्ने पत्यार नै लागेको थिएन। निरन्तर प्रयासले निवेदन दिएको २ महिनाभित्र सामान जडान गरी सेवा नै शुरू गर्न सफल भयौं।

एउटा पेसेन्टलाई अन्तै जानोस् हेर्न भ्याइन्न भन्दा पनि नमानेर त्यहीं बस्नुभयो। बेड थिएन मैले एकछिन बाहिर घुम्दै गर्नोस् पालो आएपछि बोलाउँछु भनें। महिला घुम्दा घुम्दै बाहिरै सुत्केरी भइछन्।

महिलाहरूलाई स्वास्थ्य संस्थामा आएर नै बच्चा जन्माउनुपर्छ भन्ने जनचेतनाचाहिँ कसरी जगाउनुभयो ?
महिना महिनामा समुदायमा गई आमा समूहसँग मिलेर बैठक भेला राख्ने, महिला स्वास्थ्य स्वयंसेवीकालाई जनचेतनामूलक कार्यक्रमहरू कसरी गर्ने, पोषणयुक्त खानेकुरा खान कसरी सिकाउने भन्ने बारेमा विद्यालयस्तरीय तालिम दिएँ। विस्तारै समाजले बुझे र आज मलाई सम्मानको भागिदार बनाए। गत आर्थिक वर्षमा १ हजार ३ सय ६ महिलालाई स्वास्थ्य संस्थामा नै सुत्केरी गराएका थियौं। यसवर्ष पनि फागुनसम्ममा १ हजारभन्दा बढी पुगिसकेका छन्। अहिले स्वास्थ्य संस्थामा जनशक्ति पनि २ जना थप भएका छन् र सेवा पनि वृद्धि भएको छ।

स्वास्थ्य संस्थामा कति टाढादेखिका महिलाहरू आउँछन् ?
धेरै टाढादेखि आउँछन् र नेपालभरिमा सबैभन्दा धेरै सुत्केरी गराउने संस्था सायद हाम्रै होला।

स्टाफ नर्स भएर किन एएनएममा काम गर्नुभयो ?
हुन त म स्टाफ नर्स हो पोस्टिङ एएनएममा छ।

अन्त्यमा रौतहटमा पुगेर सेवा दिँदा कुन कुरामा साह्रै दुःख र खुसी लाग्यो ?
अत्यन्तै दुःख लागेको क्षण २०७५ असोज २ गते १४ वटा डेलिभरि अस्पतालमा भर्ना भएका थिए। बेड पुग्दैन अन्त जानोस् भन्दा पनि चारैतिरको सेन्टर भएका कारण एम्बुलेन्सहरूले पनि त्यही ल्याएर छोडेछन्। ११ वटा सुत्केरी गराइसकेको थिएँ। २ वटा जटिल खालका थिए त्यसलाई हाम्रो सपोर्ट धेरै चाहिने अवस्था थियो। एउटा पेसेन्टलाई अन्तै जानोस् हेर्न भ्याइन्न भन्दा पनि नमानेर त्यही बस्नुभयो। बेड थिएन मैले एकछिन बाहिर घुम्दै गर्नोस् पालो आएपछि बोलाउँछु भनें। महिला घुम्दा घुम्दै बाहिरै सुत्केरी भइछन्। त्यसपछि नर्सले बेवास्ता गरेकोदेखि अनेकन लान्छना लगाउनुभयो।

आमा र बच्चालाई हेर्दै थिएँ, एकैपटक हुलभिड जम्मा गरेर मलाई मार्छु भने। चारैतिरबाट घेराहालेपछि प्रहरीको सहायता लिनुपर्नेसम्मको अवस्था आयो। यतिबेलाको धरपकड र आरोपले निकै हतोत्साहित बनायो।

ज्यानै लिनेसम्मको धम्कीले गर्दा कामै छोड्नेसम्मको मनस्थितिमा पुगेको थिएँ। महिला सेल, प्रहरी स्थानीय बासिन्दा, अस्पताल प्रशासन, व्यवस्थापन पक्षले निकै सहयोग गरिरहनुभएको थियो। आमा र बच्चा दुवै सकुशल थिए। २ जना व्यक्तिले आक्रमण नै गर्ने योजना बनाएकाले प्रहरीको जिम्मा लगाउन बाध्य भएँ।

यतिबेला साह्रै चित्त दुख्यो, एकसातासम्म कामै गर्न मन लागेन। स्थानीय सुनिता म्याडमको मनोपरामर्शकै कारण पुनः अहिले सोही ठाउँमा कार्यरत छु र आज देशकै नमुना संस्थाका रूपमा सम्मानित हुन पाएँ। रौतहटभरिकै सुत्केरीले रुचाएको सेन्टरका रूपमा स्थापित भएको छ। यो सेन्टर गरुडा नगरपालिका मात्र नभई ७ वटा नगरपालिका तथा गाउँपालिकाका लागि केन्द्रविन्दुमा पर्दछ। यस्ता चुनौतीलाई
सामना गर्दै काम गर्न सफल भएकोमा खुसी छु।

 

 

प्रतिक्रिया दिनुहोस्