१५ विधामा फोटो पत्रकारिता अवार्ड



राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले स्थापनाको २२औं वर्षगाँठको उपलक्ष्यमा आगामी वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५ आयोजना गर्ने भएको छ।

अवार्ड समारोहमा फरक–फरक १५ विधामा फोटो पत्रकारलाई नगद पुरस्कारसहित, ट्रफी, सम्मानपत्र प्रदान गर्ने समूहले जनाएको छ। सो अवसरमा ५० हजार नगदसहित फोटो पत्रकारिताको क्षेत्रमा लामो समयदेखि सक्रिय फोटो पत्रकार वा निवृत्त फोटो पत्रकारमध्येबाट १ जनालाई लाइफटाइम एचिभमेन्ट अवार्ड २०७५ प्रदान गरिने भएको छ। त्यसै गरी दैनिक जीवन, खेलकुद, महिला, पर्यटन तथा संस्कृति, आर्थिक, राजनैतिक, मनोरञ्जन, प्रदेश नं. १ देखि ७ सम्म फोटो पत्रकारिता विधामा अवार्ड प्रदान गरिने समूहले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्