अन्यमा साइत कहिले ?



आइतबार निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले आयोगबाट अवकास पाए। उनीसँगै आयुक्त इला शर्माले पनि लिइन् बिदा। विभिन्न संवैधानिक निकाय महिनौंसम्म प्रमुखविहीन हँुदा कानमा तेल हालेर लमतन्न सुत्ने सरकारको निद्रा यादवको अवकासले भंग पा¥या छ।

लगत्तै हस्याङफस्याङ गर्दै सोमबार संवैधानिक परिषद्को बैठक बस्यो अनि आयोग हाक्ने नेतृत्व पाएछन् सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले। आयोग २४ घन्टाभन्दा बढी नेतृत्वविहीन हुन नपाएसी यसलाई सरकारको ठूलो उपलब्धी मान्नुपर्छ। सर्वोच्चका प्रधानन्यायाधीश र अन्य संवैधानिक अंगका अधिकारी नियुक्ति गर्ने मामलामा त सरकारलाई धेरै समय लाग्या थ्यो क्यार।

परिषद्मा प्रतिपक्षी दलका नेता देउवा आएनन् अनि परिषद्को बैठक बस्न नसक्दा सर्वोच्चले अझै प्रधानन्यायाधीश पाएन भन्ने व्यहोराका समाचार धेरै बन्या थिए क्यार। सोमबारको बैठकमा देउवा नपुगी थपलियालाई नयाँ थाप्लो थमाइएको कुरो एक कान दुई कान मैदान भा’छ। कि छिटै मुलुकाँ चुनाव हुन लाग्या हो, हैन भने परिषद्ले यति हस्याङफस्याङ गर्नुपर्ने किन ?

अनि अन्य रिक्त रहेका संवैधानिक निकायमा पनि प्रमुख र राजदूतविहीन बन्या मुलुकमा पनि छिट्टै राजदूत नियुक्त गर्ने मेलोमेसो के हुँदै छ ? यतापट्टिको चाहिँ साइतै निस्क्यिा पो छैन कि ⁄

प्रतिक्रिया दिनुहोस्