विप्लवसँग वार्ताको सम्भावना छैन: रक्षामन्त्री पोखरेल



विराटनगर, (नेस)
रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले विप्लव समूहसँग वार्ताको कुनै सम्भावना नरहेको बताएका छन् । विप्लव समूहले हतियार बोक्ने र बम पड्काउने जस्ता काम जारी राखेकाले तत्काल वार्ताको सम्भावना नरहेको रक्षामन्त्री पोखरेलको भनाइ छ ।

विराटनगर बिमास्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले विप्लव माओवादीले हतियार विसाएको खण्डमा भने वार्ता गर्न सरकार तयार रहेको बताए । ‘वार्ताको सम्भावना त्यो समयमा रहन्छ, जब हतियार बिसाएर विप्लव समूह आउँछ,’ रक्षामन्त्री पोखरेलले भने, ‘विप्लव समूह हतियार बिसाएर आए वार्ता गर्न सरकार तयार छ ।’ विप्लव समूहले बम पड्काउने, मान्छे मार्ने जस्ता अनुचित काम गरेकाले सरकारले प्रतिवन्ध गरेको उनले दोर्होयाए ।

तर, सरकारले कुनै राजनीतिक पार्टी र दललाई निषेध गर्न भने नखोजेको उनले बताए । सेना परिचाचलनका बिषयमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिदै मन्त्री पोखरेलले राष्ट्रिय सुरक्षा परिषदको वैठकको निर्णयवाट नै मुलुकमा सेना परिचालन हुने ब्यवस्था रहेको बताए । उनले सुरक्षा परिषदको वैठक नवसेको खण्डमा अध्यक्षको नाताले प्रधानमन्त्रीले मन्त्रीपरिषदको वैठकको प्रस्ताव राष्ट्रपतिवाट सदरपछि मात्र सेना परिचालन हुने ब्यवस्था रहेको स्पष्ट पारे ।

सेना परिचालनको एक महिनापछि प्रतिनिधि सभावाट उक्त प्रस्ताव पास हुनु पर्छ भन्दै उनले प्रधानमन्त्री एक्लैको निर्णयवाट सेनाको परिचालन हुने भन्ने कुरा गलत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्