पाकिस्तानद्वारा एफ १६ प्रयोग भएको नयाँदिल्लीको दावी अस्विकार



इस्लामाबाद (एजेन्सी)
पाकिस्तानी सेनाले भारतको हवाई कारवाही विरुद्ध अमेरिका निर्मित एफ १६ लडाकु विमानको प्रयोग गरेको नयाँदिल्लीको दावीलाई अस्विकार गरेका छ ।
पाकिस्तानको बालकोट स्थित इस्लामिक कट्टरपन्थी सिविर माथि भारतिय लडाकु विमानको हमलाको जवाफमा पाकिस्तानले उक्त अमेरिकी लडाकु विमान प्रयोग गरेको नयाँदिल्लीले दावी गरेको थियो । पाकिस्तानले अभियानमा जेएफ १७ थन्डर लडाकु विमानको प्रयोग गरेको जनाएको छ । उक्त विमन चीनसँग संयुक्त रुपमा विकसित गरिएको हो ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले फेब्रुअरी १४ मा पुलवामा कट्टरपन्थी हमलापछि भारतिय वायुसेनासँगको हवाई संघर्ष विषयमा जानकारी दिएका थिए । भारतिय लडाकु विमानले फेब्रुअरी २६ मा पाकिस्तानी हवाई सीमा उलंघन र बमबारी गरेको तर त्यसबाट कोही हताहत नभएको र कुनै पनि संरचनालाई कुनै क्षति नपुगेको उनले बताए ।

पुलवामामा भारतिय सीआरपीएफको गस्तीलाई निसाना बनाई गरिएको आत्मघाती हमलाको जिम्मेवारी पाकिस्तान स्थित इस्लामिक संगठन जैश ए मोहम्मदले लिएको थियो । त्यसपछि भारतिय वायुसेनाले बालाकोटमा जैश ए मोहम्मद ठेगानामा हवाई हमला गरेको थियो । पाकिस्तानले यसको जवाफमा अर्को दिन एफ १६ विमान पठाएको जसमा एकलाई वायु सेनाले खसालेको भारतले दावी गरेको थियो । भारतले एफ १६ द्वारा प्रहार गरिएको अत्याधुनिक मध्यम दुरीको एयर टु एयर क्षेप्यास्त्रको हिस्सा देखाएका थिए जुन भारतिय क्षेत्रमा खसेको थियो ।

भारतले आफनो राडारद्वारा जुन इलेक्ट्रेनिक सिग्नेचर रिकर्ड गरेको हो त्यसले पाकिस्तानद्वारा एफ १६ प्रयोग गरेको पुष्टी हुने दावी गरेको थियो । अमेरिकी विदेश मन्त्रालयले भारत विरुद्ध अमेरिका निर्मित एफ १६ विमानको सम्भावित प्रयोगका बारेमा पाकिस्तानसँग थप सुचना माग गरेको बताएको थियो । एफ १६ को यस प्रकारको प्रयोगले उक्त विमानको खरिदका क्रममा भएको सम्झौताको उलंघन हुने बताइएकोछ ।

गफुले रुसी समाचार समिति स्पुटनिक इन्टरनेसनलाई भने ( जुन विमानले लक्ष्यसँग संघर्ष गरे, त्यो जेएफ १७ थिए । एफ १६ को प्रयोगलाई लिएर सही उपयोग भएको छ वा छैन भन्ने विषयमा हाम्रो पुरै वायुसेना सजक थियो । सहमतिको पालना भएको छ वा छैन भन्ने विषय अब पाकिस्तान र अमेरिका बीचको कुरा हो ।

प्रतिक्रिया दिनुहोस्