साढे तीन अर्बको खाने तेल भारत निर्यात



वीरगन्ज, (नेस)
मुलुकको प्रमुख भन्सार नाका वीरगन्जबाट साढे ३ अर्ब रुपिया“को खाने तेल भारत निकासी भएको छ । केही वर्षदेखि रोकिएको तेल निकासी विगत केही महिनायता पुनः शुरू भएको हो । चालू आर्थिक वर्षको आठ महिनामा ३ अर्ब ४६ करोड ३ लाख रुपिया“ बराबरको तेल भारत निकासी भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत मनीषकुमार महतोले जानकारी दिनुभयो ।

उहा“का अनुसार बारा र पर्साका उद्योगीले ३० हजार २०३ मेट्रिकटन खाने तेल निकासी गरेका हुन् ।गत आव २०७४÷७५ सम्म निकासीको सूचीमै नरहेको खाने तेल यस वर्ष मूल्यका आधारमा सबैभन्दा बढी निर्यात हुने वस्तुको सूचीको अग्रस्थानमा परेको छ ।

सबैभन्दा बढी पाम आयल निकासी भएको भन्सारको तथ्यांक छ । यो सबैभन्दा बढी निकासी हुने वस्तुमा परेको छ । ३ अर्ब ६३ करोड ६२ लाख रुपिया“को २३ हजार ८२६ मेट्रिक टन तयारी पाम आयल निकासी भएको छ । आठ महिनामा ८२ करोड ४१ लाख रुपिया“को भटमासको तेल निर्यात भएको भन्सारले बताएको छ ।

बारा र पर्साका नौओटा उद्योगले वीरगन्जबाट तेल निकासी गरिरहेका छन् । कच्चा पदार्थको लागतमा ३० प्रतिशत मूल्य अभिवृद्धि गरी निकासी गर्न पाउने सार्कको क्षेत्रीय व्यापारको नियमअनुसार खाने तेल निर्यात भइरहेको नारायणी आयल रिफाइनरीका सञ्चालक निखिल चाचानले बताउनुभयो ।भारतमा तेलको कच्चा पदार्थको आयातमा उच्च भन्सार महशुलका कारण नेपालबाट निकासी सम्भव भएको हो ।

त्यहा“ कच्चा आयलको आयातमा ४० प्रतिशत भन्सार महशुल छ । भारत सरकारले आफ्नो मुलुकका किसानलाई संरक्षणका लागि यो नीति अपनाएको हो । नेपालमा १० प्रतिशत भन्सार छ । निकासी गरेपछि उत्पादकले यो महशुल फिर्ता पाउ“छन् । वीरगन्जबाट भटमासको तेल निकासी गरिरहेको निम्बस समूहका अध्यक्ष जगदीश अग्रवाल नेपालमै पाम र भटमास ल्याएर पेल्ने प्रविधिलाई प्रोत्साहन गरिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्