नयाँ वर्षमा महिन्द्राको बन्डल अफर



काठमाडौं (नेस) अग्नि ग्रुपअन्तर्गत अग्नि मोटोइन्क प्रालिले नया“ वर्ष २०७६ को अवसरमा ‘खुशी आउ“छ बन्डलमा’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिन्छ । स्क्र्याच कुपनमा न्यूनतम १० हजारदेखि १ लाख रुपिया“सम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्न सक्नुहुने छ ।

यसका साथै एक वर्षको लागि तेस्रो पक्ष बीमा तथा सवारी करको सुविधा तथा आकर्षक हेलमेन्ट पनि निःशुल्क रुपमा प्राप्त गर्न सकिने छ ।

यो अवधिभित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्नुहुने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गराइने छ र हरेक १५ दिनमा एक जना भाग्यशाली व्यक्तिलाई होम अप्लायन्सहरु प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार लक्की ड्रको घोषणा कम्पनीको आधिकारिक फेसबुक पेज मा प्रत्यक्ष प्रसारण मार्फत गरिने छ ।

प्रतिक्रिया दिनुहोस्