एनसीसी र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता



काठमाडौं, (नेस)
नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बीमा पोलिसी बिक्री गर्नेे सम्झौता भएको छ ।

सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट महालक्ष्मी लाइफ इन्स्योरेन्स को पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्