सिरहामा शान्तिपूर्वक एसइइ परीक्षा हुँदै



सिरहा ।
सिरहामा शान्तिपूर्वक तरिकाले एसइई परीक्षा सुरु भएको छ । प्रदेश २ का आठ जिल्ला मध्ये सिरहामा ९ हजार ९ सय २ परीक्षार्थी यस वर्ष एसइई परीक्षा दिँदै छन् । सिरहामा ३८ वटा परीक्षा केन्द्र कायम गरिएको छ ।

जस मध्ये नियमित तर्फ ३६, प्राविधिक तर्फ १ बालमन्दिर सिरहा केन्द्र मा विभिन्न माविबाट छात्रा ५१ र छात्र १७९ गरी जम्मा २३० परीक्षार्थी सहभागिभएका छन् भने ग्रेड बृद्धितर्फ चमावि सिरहा केन्द्रमा ग्रेड बृद्धि नयाँका २१६ र ग्रेडबृधि पुरानो तर्फ १५९ गरी जम्मा ३७५ परीक्षार्थी सहभागी भएकाछन् ।

परीक्षा विगत भन्दा मर्यादित र शान्तिपूर्वक सुरु भएको छ । तर परीक्षा केन्द्रहरुमा अभिभावक पुग्ने प्रबृति अझै रोकिएका छैन । केन्द्रका वरिपरी अभिभावकको ठूलो भिड देखिएको छ । परीक्षा केन्द्रमा प्रवेश गर्दा हरेक परीक्षार्थीलाई सर्च गरिएको छ । कतिपय विद्यार्थीबाट चिट निस्केको केन्द्राध्यक्षहरुले बताएका छन् ।

तर, केही विद्यालयमा देखिएको दृश्यमा बाहिरबाट सुरक्षाकर्मीहरु तैनाथ गरिए पनि सेटिँग गरेर परीक्षार्थीहरुलाई बाहिरबाट चिट चोरी गराइएको पाइएको छ । परीक्षा केन्द्रको कम्पाउण्डमा सुरक्षाकर्मीहरु भए पनि निर्वाधरुपमा परीक्षाहल भित्र बाहिरबाट फ्ल्याप पु¥याई रहेको देखिएको हो । केही परीक्षाकेन्द्रमा चलिरहेको अमर्यादित परीक्षा केन्द्रमा सँचार कर्मीहरुलाई समेत प्रवेश भने दिएनन् ।

प्रतिक्रिया दिनुहोस्