जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



सुनसरी, जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग समेत गरेको अभियोगमा सुनसरी, इटहरी उपमहानगरपालिका–३ कल्याण चोक बस्ने ५३ वर्षीय देवी लिम्बुलाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

उनले सोही स्थान बस्ने ११ वर्षीया बालिकालाई चैत १ आफ्नो घरमा बोलाई ललाई फकाई कोठामा लगि जबरजस्ती करणी गर्नुका साथै सोही स्थान बस्ने ७ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर अस्थायी प्रहरी चौकी तालतलैयामा प्राप्त हुनासाथ खटिएको प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्