कार्यक्रम व्यवस्थापन संघमा कार्की



विभिन्न इभेन्ट आयोजना गर्दै आएका आयोजकहरू संगठनमा बा“धिएका छन्। सौन्दर्य प्रतियोगितालगायतका इभेन्ट आयोजना गर्दै आएका आयोजकहरूले डेढ दशकभन्दा बढी समयखेखि विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लवबहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम व्यवस्थापन संघ नेपाल गठन गरेका हुन्।

पेसागत हकहितका निम्ति सांगठनिकरूपमा अघि बढ्नुपर्छ भन्ने सोचका साथ यस पेसामा आबद्ध रहेकाहरू एकजुट भई संघ गठन गरिएको शनिबार राजधानीमा आयोजित कार्यक्रममा जनाइयो। ‘पेसागत हकहित, अनुशासन र मर्यादाका लागि एकआपसमा मेलमिलाप एवं साथ सहयोगको भावनालाई जागृत गराउनु नै संघ स्थापनाको मूल ध्येय रहेको छ’ –कार्यक्रममा संघका अध्यक्ष कार्कीले भने। त्यसै गरी प्रमुख अतिथि पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पाले संघले यस क्षेत्रमा भएका समस्या समाधान गर्दै जानुपर्ने बताए भने संघका सल्लाहकार गायक सीताराम पोखरेलले एकजुट भएर अगाडि बढे यो क्षेत्रको विकास हुने चर्चा गरे।

संघ कार्यसमितिको उपाध्यक्षमा शान्ताकुमारी तामाङ, महासचिवमा सावित्री ढुंगाना, प्रवक्तामा सरोज ओझा, सचिवमा सोनितराज ढुंगेल, सहसचिवमा डेविलसिहं राजपुत, कोषाध्यक्षमा राज लुइ“टेल, सहकोषाध्यक्षमा टेकराज पाण्डे रहेका छन् भने मोनित महर्जन, तृष्णा गुरुङ, प्रदीपराज वन्त, सुरज थापा, सपना राई, अशोक तामाङ सदस्य तथा गोकर्ण लामिछाने, राजीव दियाली, सविना श्रेष्ठ, समीर लामा, पासाङ शेर्पा, पवन कोइराला र नारायण थापा संस्थापक सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस्