राजीलाई सर्वाधिक५ फिल्म फेयर अवार्ड



बलिउड फिल्म नगरीमा महङ्खवपूर्ण अवार्डका रूपमा लिइने फिल्म फेयर अवार्डको ६४औं सस्करण सम्पन्न
भएको छ।

फिल्म सञ्जुका लागि रणवीर कपुरलाई सर्वश्रेष्ठ अभिनेताको अवार्ड दिईएको समारोहमा फिल्म राजीका लागि नायिका आलिया भट्टलाई अभिनतृको अवार्ड प्रदान गरियो।

राजीले सर्वोत्कृष्ट फिल्म, निर्देशक नायिका, गीतकार र गायक गरी सर्वाधिक ५ अवार्डलाई आफ्नो बनाएको छ भने सञ्जुबाट विक्की कौशलले सहअभिनेताको अवार्ड चुमेका छन्। यसको अलावा फिल्म अन्धाधुनले क्रिटिक्सतर्फको उत्कृष्ट फिल्म ब्याकग्राउन्ड स्कोर र सम्पादनको अवार्ड चुमेको छ। क्रिटिक्सतर्फ पद्मावतबाट रणवीर कपुर सर्वश्रेष्ठ अभिनेता र बधाइ होबाट निता गुप्ता अभिनेतृ बनेकी छिन्। पद्मावतबाट श्रेया घोषालले उत्कृष्ट गायिका, निर्देशक सञ्जय लिली भंसालीले म्युजिक एल्बम र कृति महेश मिद््याले कोरियोग्राफरको अवार्ड चुमेका छन्।

फिल्म फेयर अवार्ड समारोहमा दिवंगत अभिनेतृ श्रीदेवीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड समर्पण गरिएको थियो। श्रीदेवीको सम्झनाका साथै उनलाई श्रद्धाञ्जलि दि“दा सबै सेलिब्रेटी तथा दर्शकका आ“खा भरिएका थिए।

बधाइ होबाट सुलेखा सिकरीले सह अभिनेत्री , अक्षत घिल्डियालले संवाद तथा गजराज रावले सहअभिनेताको अवार्ड चुम्दा नवनिर्देशकको अवार्ड फिल्म स्त्रीबाट अमर कौशिकले चुमे। त्यसै गरी नवअभिनेताको अवार्ड विअन्ड द क्लाउड्सबाट इशान खट्टर र नवअभिनतृको अवार्ड केदारनाथबाट सारा अली खानले चुमेकी छिन्। सर्ट फिल्मतर्फ सर्वश्रेष्ठ फिल्म रोगन जोश, अभिनेता शेमलेसबाट हुसेन दलाल र अभिनेतृ मायाबाट कृति कुल्हाडी बनेकी छिन्। सर्वश्रेष्ठ नन फिक्सन फिल्म भने द सकर सिटी बनेको छ।

समारोहमा उत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड मुक्केवाजबाट विक्रम दहिया र सुनीलले, छायांकारको अवार्ड तुम्बाडबाट पंकज कुमारले जितेकामा यही फिल्मले प्रोडक्सन डिजाइन र साउन्ड डिजाइनको अवार्ड पनि जितेको छ। भीएफएक्सको अवार्ड जिरोले कस्ट्युम डिजाइनको अवार्ड मंटोल आरडी बर्मन अवार्ड तथा अपकमिङ ट्यालेन्ट इन फिल्म म्युजिकको अवार्ड निलादिरी कुमारले जितेका छन्।

बलिउडका दिग्गज कलाकारहरूको सहभागिता रहेको अवार्ड समारोहमा विभिन्न कलाकारले आफ्नो प्रस्तुति दिएका थिए भने अभिनेता शाहरूख खान र राजकुमार रावले कमेडी प्रस्तुत गर्दै दर्शकलाई हसाएका थिए।

प्रतिक्रिया दिनुहोस्