एसईई दिँदै करिश्मा



अभिनेतृ तथा निर्मात्री करिश्मा मानन्धर यस वर्षको एसर्ईई परीक्षामा सहभागी भएकी छिन्। उनले राजधानीको डिल्लीबजारस्थित विजय स्मारक माविबाट नियमिततर्पmको एसईइ परीक्षा दिएकी हुन्।

फिल्मी दुनिया“मा प्रवेश गरेपछि अध्ययनबाट विश्राम लिएकी करिश्माले २५ वर्षपछि अध्ययनलाई अगाडि बढाउ“दै यस वर्ष एसईई दिएकी हुन्। अध्ययनबाट विश्राम लिए पनि लगातार ४ वर्ष स्कुल गएर अध्ययन गरी ४६ वर्षको उमेरमा पनि एसईई दिएपछि करिश्माले सर्वत्र तारिफ र हौसला पाएकी छिन्।

सबैले उनलाई स्याबासी दिइरहेका छन्। फिल्ममा अभिनय गर्न थालेपछि करिश्माको पढाइ कक्षा ७ मा गएर अड्किन पुगेको थियो। त्यसैले उनले कक्षा ७ बाटै पुनः अध्ययन शुरु गरेकी थिइन्।

यस वर्ष एसईई दिनुपर्ने भएपछि करिश्माले हरेक वर्ष आफ्नो निवासमा कलाकर्मीलाई जम्मा पारी मनाउ“दै आएको फागु पर्वसमेत यसपालि मनाइनन्।

प्रतिक्रिया दिनुहोस्