अवैध लागूऔषधसहित एक जना पक्राउ



पर्सा ।
प्रहरीले अवैध लागूऔषध ४ किलो चरेशसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार मोतिहारी बस्ने ४३ वर्षीय शुभनारायण साह रहेका छन् ।

उनलाई प्रहरीले बीरगंज महानगरपालिका(१६ शंकराचार्य गेटबाट आइतबार दिउँसो पक्राउ गरेको हो ।
प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरीले नेपालबाट भरत रक्सौलतर्फ पैदल जाँदै गरेका शुभनारायणलाई जाँच गर्ने क्रममा साथमा लुकाईछिपाई राखेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्