बाटो खन्दै गरेको स्काभेटरमाथि ढुङ्गा खस्दा चालकको मृत्यु



ईन्द्र गिरी, संखुवासभा ।
संखुवासभाको सभापोखरी गाउँपालिका–४ को खेवरिङमा स्काभेटर पल्टिँदा चालकको घटना स्थलमै मृत्यु भएको छ । आइतबार बिहान मोटर बाटो खन्ने क्रममा माथिबाट खसेकोे ढुङ्गाले लागेर सिन्धुपाल्चौक जुगल गाउँपालिका–१ का पतरुस श्रेष्ठ मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक श्याम सारु मगरका अनुसार सभापोखरी ४ को खेवरिङको भिरमा बिहान ९ बजे मोटर बाटो खन्दै गर्दा एक्कासी माथिबाट झरेको ठुलो ढुङाले स्काभेटर पल्टाएको र स्काभेटर संगै मृतक श्रेष्ठ ५० मिटर तल खसि घटनास्थलमै मृत्यू भएको हो ।
मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल संखुवासभा खाँदबारीमा ल्याईने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्